प्रभातफेरी गरेर इनरुवामा मनाईयाे नवाैं स्वास्थ्य विमा दिवस

जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत २५ गते । सुनसरी सदरमुकाम इनरुवामा नवाैं स्वास्थ्य विमा दिवस मनाइएको छ । प्रभातफेरी गरेर इनरुवामा नवाैं स्वास्थ्य विमा दिवस मनाइएको हो ।

सचेतना मुलुक सन्देश फैलाउने उदेश्यका साथ प्रभातफेरी गरेको हो । दिवस मनाउने क्रममा दिएको जानकारी अनुसार सुनसरीमा बिमित सदस्य ५ लाख ९३ हजार २९७ जना रहेको छ । जिल्लामा जम्मा बिमित परिवार १ लाख ५८ हजार ६३८ रहेको छ भने त्यसमा महिला स्वास्थ स्वयं सेविका परिवार ९७०, पूर्ण अपांग परिवार – १ हजार २६४, ज्येष्ठ नागरिक – ४५ हजार ४८२, एचआईभी परिवार – ७३१, कुष्ठरागी परिवार – ३१ र एमडीआर टिबि परिवार – ७३ रहेको
स्वास्थ्य बिमा बाेर्ड सुनसरीका जिल्ला संयाेजक सुवास कुमार लम्सालले जानकारी दिनुभयो । जिल्ला संयाेजक लम्सालका अनुसार वाेर्डकाे जिल्ला कार्यालय देखि जिल्ला अस्पताल हुदै सुपर मार्केट , गाेल चाैक सहीत नगर परिक्रमा गर्दै प्रभातफेरी गरिएको हो ।
दिवस किन ?

स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते सुरु भएको दिनको अवसरमा हरेक वर्ष चैत्र २५ गते स्वास्थ्य बीमा स्थापना दिवस मनाउने गरिन्छ। नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिस्चित गर्ने आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो। यो बृहत सामाजिक साझेदारीको अवधारणा अनुरुप सरकारद्वारा ल्यईएको सर्वसाधाराणको लागि बरदान हो। यस कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ। यसका साथ साथै सेवा पर्दायक स्वास्थ्य संस्था, स्वास्थ्य बीमा बोर्ड, एवं सरकारको प्रत्यक्ष सहभागितामा आधारित सामाजिक साझेदारीमा आधारीत कार्यक्रम हो।
नेपाल सरकारको प्राथमिकता प्राप्त स्वास्थ्य बीमा कार्यक्रम हालसम्म सात प्रदेश, सतहत्तर जील्ला एवं ७४५ स्थानीय तहमा गुणस्तरीय ढंगले संचालन भै सकेको छ। स्वास्थ्य बीमा कार्यक्रमको मुख्य रणनीति नै चेतना हो ।