लागूआैषध ओसारपसार गर्ने अन्नाेठाे तरिका

तजमुल हुसेन । रब्बान मियाँ
सुनसरीकाे काेशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी लाेकहीवाट खटिएको प्रहरी सहायक निरिक्षक सुजन राउतकाे कमान्डमा दुई जना माेटरसाइकल गस्ती टोलीले भारतीय बेलाहा बजारवाट हात घडीमा लुकाएर ल्याइ रहेको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी सहायक निरिक्षक सुजन राउत टाेलीले भारतीय बजारवाट नेपालतर्फ आईरहेकाे हेटाैडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ३२ काे राजेश लामा र ऐ ऐ बस्ने बर्ष २१ काे समीर क्षेत्री शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा हातैं घडी भित्र राखिएको लागू ओषध खैराे हेराेइन जस्तो देखिने पदार्थ कालाे प्लास्टिकमा १.७८ ग्राम फेला परेको छ । लामा र क्षेत्री दुबै जनालाई बरामद गरिएकाे लागुओषध सहित आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाएको छ ।

हाल लागुओषध काराेबार न्युनिकरण तथा नियन्त्रण गर्न सुनसरी सिमामा रहेकाे सशस्त्र प्रहरी कटिबद्ध भई लागेको हुनाले पछिल्लो समय लागुओषध काराेबारी धमाधम पक्राउ पर्न थालेको एसपी निर्मल थापाले बताउनुभयो ।