देवराज यादव । इनरुवा

सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा नगर समितिले शिक्षा ऐन जारीकाे माग गर्दै काठमाडौ केन्द्रीत शैक्षिक सडक  आन्दोलनमा शिक्षकहरुलाई आन्दोलन सफलताको शुभकामना सहित इनरुवाका शिक्षकलाई खादा र अविरले स्वागत गरेको छ ।

काठमाडौं जान लागेका शिक्षकहरु इनरुवाबाट विदाई गरेकाे महासंघका नगर सचिव राकेश निराैलाले जानकारी दिनुभयो ।

इनरुवा नगर आन्दोलन परिचालन समितीले काठमाडौ केन्द्रीत शैक्षिक सडक  आन्दोलनमा जान लाग्नुभएको  शिक्षकसाथीहरुकाे नाम सार्वजनिक गरेकोमा उहाँहरुलाई  काठमाडौं पठाउने क्रममा सम्मान गरेको जनाएको छ ।

महासंघका नगर अध्यक्ष जयकृष्ण यादव र सचिव निराैलाले खादा र अबिर  लगाएर बिदाई गरेको जनाएको छ । समिति संयोजक रामलखन मेहता,बेणु प्रसाद सिग्देल,जागेश्वर साह,.सुमन गुरागाइ,अम्बिका ढकाल,  देवकृष्ण यादव, अशोक कुमार मेहता र
राजाराम यादव सहितलाई खादा र अबिर  लगाएर बिदाई गरेको जनाएको छ ।

महासंघका तर्फबाट गरिएको बिदाई सम्मान र शुभयात्रा प्रति समिति संयाेजक रामलखन मेहताले धन्यवाद दिनुभयो । शुभयात्रा भन्न तथा इनरुवाबाट विदाई कार्यक्रममा विभिन्न संघ,संगठन र युनियन का जिल्ला नेताहरु समेतको उपस्थिति रहेको थियो । महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवले सम्बाेधन गर्नुहुदै आन्दोलन सफलताको शुभकामना दिनुभयो ।

शुभकामना सहित यादवले इनरुवाका शिक्षकलाई खादा र अविलले सम्मान सहित बिदाई गर्नुभयो ।

शिक्षाको सवाल शिक्षककाे मात्रै नभई सबैकाे सराेकार चासोको विषय भएकोले सरकारले समयमा नै माग र मुद्दा सम्बाेधन गर्नुपर्नेमा जाेड दिनुभयो ।