नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटी दाेस्राे नगर अधिवेशन सुरु भएकाे छ ।

नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटी दाेस्राे नगर अधिवेशन सुरु भएको छ । झुम्कामा पार्टीका नगर अध्यक्ष  बलराम चाैलागाईकाे अध्यक्षता र पुर्वमन्त्री तथा पार्टीका प्रदेश सहईन्चार्ज धर्मशिला चापागाईंकाे प्रमुख आथित्यतामा रामधुनी दाेस्राे नगर अधिवेशन सुरु भएको हो ।

अधिवेशन उद्घाटन सत्र कार्यक्रममा पार्टीका शिवकुमार डागी, संविधानसभा सदस्य विश्व थारु, रामकुमारी चाैधरी, सरस्वती पाेखरेल, प्रदेश सभा सदस्य सपना परियार , पार्टीका जिल्ला संयाेजक याेगेन्द्र मण्डल सहितको उपस्थिति रहेको थियो । नेकपा एमालेबाट हालै माओवादी केन्द्रमा प्रवेश गर्नुभएको पुष्कर कार्कीले पार्टीको असल कामकाे प्रचार गर्न र सच्चा सिपाही हुन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।
भाेला राैनियारले आफू एमालेकाे सिडिकेट सहन नसकेकोले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

शुभकामना मनन्व्यका क्रममा एमालेकाे हैकमवादी सहन नसकेर जनताको पार्टी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । जनमुक्ति सेना राजन अधिकारीले मुक्ति र मृत्युको विचमा संघर्ष गरेको चर्चा गर्नुहुदै पार्टीकाे लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पार्टीका रामधुनी सह ईन्चार्ज शैलेन्द्र राजधामीले सबैलाई समेटेर भुगाेललाई समेत ध्यानमा राखेर नेतृत्व छनाैटकाे शुभकामना दिनुभयो । पार्टीका रामधुनी  ईन्चार्ज दिनेश चाैधरीले अहिलेकाे राजनीति अवस्थालाई  ध्यानमा राखेर नेतृत्व छनाैटकाे शुभकामना दिनुभयो । पार्टीका विभिन्न तहका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभयो ।