सुनसरीकाे काेशी गाउँ पालिका १ लाैकहीमा तेली कल्याण समाज नेपाल, सुनसरी, क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ ।

लाैकहीमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहको प्रमुख आतिथ्यता तथा  तेली कल्याण समाज नेपाल, सुनसरी, क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन तयारी समिति संयाेजक श्याम  प्रसाद साहकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नयाँ नेतृत्व चयन समिक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान गर्ने जनाएको छ ।  कार्यक्रम भव्य रुपमा सुरु भएको जनाएको छ ।