तेली कल्याण समाज सुनसरी ४ नं. क्षेत्रिय अधिवेशन सम्पन्न

सुनसरीकाे काेशी गाउँ पालिका १ लाैकहीमा तेली कल्याण समाज नेपाल, सुनसरी, क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


लाैकहीमा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहको प्रमुख आतिथ्यता तथा तेली कल्याण समाज नेपाल, सुनसरी, क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन तयारी समिति संयाेजक श्याम प्रसाद साहकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नयाँ नेतृत्व चयन समिक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान गरेकाे जनाएको छ । कार्यक्रममा समिति सुनसरी जिल्ला अध्यक्ष अबधविहारी साहले स्वागत मन्त्वय राख्दै समुदायको हकहित र कल्याणमा काम गर्नुपर्नेमा जाेड दिनुभयो । त्यसैगरी केन्द्रीय सदस्य बाबुराम साहले कार्यक्रमकाे उदेश्य बारेमा जानकारी दिदै क्षेत्रिय सम्मेलन ३२ वटा वडामा रहेको तेलीहरुकाे भेला गरि सम्पन्न गरेको बताउनुभयो । उहाले साह तेलीहरु २०५३ सालदेखि निरन्तर रुपमा संस्थागत रुपमा काम गर्दै भव्य सम्मेलन गरेको बताउनुभयो ।




क्षेत्रिय समिति ५१ सदस्यीय समिति चयन गर्दै सम्पन्न गरेकाे साहले बताउनुभयो । कार्यक्रममा नेपाल यादव सेवा समिति सुनसरी जिल्ला अध्यक्ष देवकृष्ण यादव, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , उपाध्यक्ष रिमझिम कुमारी भगत, काेशी अध्यक्ष ऐयुव अन्सारी, तेली समाजका केन्द्रीय सचिव दिलिपचन साह, संस्थापक महिचन साह, नविनचन्द साह, असाेक साह, राजु साह सहितको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सल्लाहकार बाबुराम साह, रामप्रसाद साह, राजेश्वर साह, रामधुनी अध्यक्ष साेभन साह सहितले साहहरुले नेतृत्व गर्ने संगठनले विवाह, दाईजो प्रथा, जेष्ठ नागरिकको सम्मान , लैंगिक समान्ताकाे पक्षमा बाेल्नुभयाे ।


यसैबीच कार्यक्रममा प्रधाध्यापक जितेन्द्र साह, जदु साह, नागेश्वर साह, शिक्षक सेवा आयोग पास गरेको शिक्षकहरुलाई सम्मानित गरेको जनाएको छ । कार्यक्रममा क्षेत्रिय अध्यक्ष विरेन्द्र साहले आफुलाई पनि अरु क्षेत्रबाट निमन्त्रणा गरेकाेमा खुसी व्यक्त गर्नुभयो ।


राैनियार सेवा समिति जयप्रकाश गुप्ता , उधाेग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितले शुभकामना दिनुभयो । वक्ताहरुले एक हो सेफ हो , बटाेगि त कटाेगी हुने भएकोमा समिक्षा गर्दै एकजुटमा जाेड दिनुभयो । उता समितिले शिक्षक, कर्मचारी सहित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको जनाएको छ ।

क्षेत्रीय अधिवेशन तयारी समिति, क्षेत्र नं. ४, सुनसरीकाे कार्यक्रमकाे सबैले प्रसंसा गरेको थियो ।

م