जल्पापुरमा दुईवटा ठूलो याेजना सहित सात वटा निर्माणकाे कामकाे अनुगमन

सुनसरीकाे इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरमा दुईवटा ठूलो याेजना सहित सात वटा निर्माणकाे काम सुरु भएकाे छ ।

इनरुवा १० नम्बर वडा कार्यालय पुर्वकाे दुई सय मिटर दायाँबायाँ ढल, ठूलो मरर्सादेखी दुर्गा मन्दिर कालाेपत्रे, स्वास्थ्य चाैकी भवन , बेचन मियाँ घर देखि अताबुल मियाँ घरसम्म नाला एकतर्फी पाँच लाखकाे काम, दुई लाखकाे लवटाेलियामा दुई सय मिटर ग्राभेल , दुर्गा मन्दिरमा भवन बाल सहितको निर्माण काम भएको छ ।

केही ठाउँमा काम जारी रहेको छ भने मन्दिरमा अन्तिम चरणमा पुगेको वडा अध्यक्ष खलिल अख्तरले जानकारी दिनुभयो । वडाको विभिन्न गाउँमा काम गर्ने गरेको जनाएको छ । मन्दिरमा छत ढलान ३५ फिट ३६ स्कुवाईर फिट भएको जनाएको छ।

इनरुवाका विभिन्न वडा वडामा निर्माणका काम
स्टिमेट अनुसार भए नभएको , जनताको सन्तुष्टी के छ भनेर अनुगमन गरेको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

अनुगमनमा नगर प्रमुख केदार भण्डारी, वडा अध्यक्ष अनिल पाेखरेल, सुमन थापा र खलिल अख्तर सहितकाे जानुभएको थियो ।

टाेलीले निर्माणकाे गुणस्तर, समयमा काम सक्न र योजना अनुसारकाे काम गर्न निर्देशन दिएको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो ।
