जामुनकाे रुखमा सुनाखरीकाेे फुल, स्थानीय हेर्न जान थालेकाले दैनिक बढ्यो भिड
जजन्युज समाचारदाता । इनरुवा
सुनसरीकाे इनरुवा नगरपालिका -४ शर्मा टाेलमा जामुनकाे रुखमा सुनाखरी फुलेको छ । रुखकाे हागामा पहिलोपटक सुनाखरी फुलेकोले स्थानीयहरुखुसी हुदै पुजापाठ गर्न थालेका छन।

गाउँमै सडक छेउको १५ वर्ष पुरानो जामुनकाे रुखकाे माथिल्लो हागामा सिराहाकाे सलहेस फुलवडिया जस्तै देखिने चारवटा लहरै सुनाखरी फुल फुलेको स्थानीय रघुनाथ मेहताले जानकारी दिनुभयो । रुखकाे हागामा रामनवमीकाे दिनदेखि बैसाख १ गतेसम्म फुलेको सुनाखरी फुल बैसाख २ गतेबाट ओईलाउन थालेको छ । रुखकाे मुनि स्थानीयले हिन्दू संस्कार अनुसार पुजापाठ गर्ने गरेको छ । स्थानीयद्वारा आयोजित पुजामा सयौंको सहभागीता रहेको र फुल हेर्न छिमेकी गाउँ टोलका स्थानीय समेत आउने गरेको जनाएको छ ।

केहीले हिन्दूकाे महान पर्व रामनवमीको पावन उपलक्ष्यमा फुल फुलेको र केहीले सिरुवा नयाँ वर्षको आगवनमा फुलेको दावी गर्दै सम्पूर्ण गाउँमै रामभक्तजनहरुलाई धार्मिक कार्यक्रम अष्यजाम गर्नुपर्ने आह्वान गरेका छन् ।

