सुनसरीकाे काेशी गाउँपालिका ५ श्रीपुरमा घरविदामा रहेको एक प्रहरी जवानले कुटपिट गर्दा दुई जना घाइते भएका छन । नेपाल प्रहरी जवान भुपेन्द्र भिन्दवारले दाजु गुडु र द्वारिकलाल भिन्दवार सहितको सहयोगमा जग्गा विवाद घटनाका क्रममा दुई जनालाई कुटपिट गरेको दावी बाहिर आएको छ ।

घरविदामा रहेको प्रहरी जवानले कुटपिट गर्दा काेशी गाउँपालिका ५ श्रीपुरका चनरदेव यादव र उहाँको बुहारी खुश्वु यादव घाइते हुनुभएको छ । चैत ३१ गते साझ ५ बजेकाे समयमा घरविदामा रहेको प्रहरी जवान भिन्दवारले जग्गा विवादमा फलामे छड र लाठीले कुटपिट गर्दा दुई जना घाइते भएकाेमा दुवैको सप्तकोसी न्युराे अस्पताल भाेक्राहा नर्सिङ ४ मा उपचार भईरहेकाे छ । पीडितले गरेको दावी र लगाएको आराेप जस्तो घटना नभएको र दाईसंग झगडा हुदा आफुले बचाउने प्रयास गरेको प्रहरी जवान भिन्दवारकाे दावी छ । भिन्दवारले अमिन र जग्गा विषयमा विवाद भएको तर आफुले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिनुभयो ।
पीडित पक्षले भने दाेषीलाई कानुनी कार्वाही गर्नुपर्ने माग गरेको छ । स्थानीयले समेत भिन्दवार आफू जागिरको धम्की दिदै अरुलाई समेत त्रसित पारेको दावी गरेका छन् । प्रहरी हुं हतियार चनाउन आएकै छ, दुई चारवटालाई मारे पनि केही हुदैन भन्दै धम्की दिदै आएकोले समेत समुदाय त्रसित बनेको स्थानीयले दावी गरेका छन् ।

उता अपांगलाई कुटपिट गरेको दाबी

सुनसरीकाे काेशी गाउँपालिका ६ श्रीपुरमा अपांगता भएको एक व्यक्तिलाई स्थानीय मनाेज सुतिहारले कुटपिट गरी घाइते बनाएका छन । सुतिहारले रक्सीको मातमा चैत २० गते कुटपिट गरेर अपांगता भएको स्थानीय नुनु मुखियाको हात भाचिदिएकाे छ । सुतिहारले यसअघि नुनुकाे पत्नीको हातखुट्टा भाचेर घाइते बनाउदा डेढ लाख बढीको उपचार गराउनु परेको घटना सेलाउन नपाउदै आफूलाई पनि कुटपिट गरेको दावी बाहिर आएको छ । घरायसि विवादामा आक्रमण गरेको पीडितकाे भनाइ छ । प्रहरीले घटना श्रीपुर प्रहरी चाैकीमा छलफलका पठाएको प्रतिक्रिया दिएको छ ।