सामाजिक सदभाव विषयक संवाद

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा सामाजिक सदभाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा सामाजिक परिवर्तन केन्द्र काठमाडौका लागि सुनसरी सयोजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो ।


संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ धार्मिक हिसावले हिन्दु, मुस्लिम र क्रिच्यिन सहितको समावेसी वडा अनि जातीय रुपमा हिन्दुमा पर्ने साह, मेहता, यादव, मुसहर लगायतको बाहुल्य भएको र मुस्लिम अंसारी, मंसुरी, मियाँको बसोबास भएकाले एकले अर्कालाई सम्मान गर्दै आएको भएपनि केही गैरदलित र दलितमा मुसहर, सदा चमार अनि ठूलो जाती दावी गर्ने साह, मेहतासम्मको बसोबास रहेकाले सबै एकैनासका नहुने अवस्था रहेकोले कहिले पुजापाठ त कहिले जातीय भोज त कहिले सामुदायिक विद्यलायको शिक्षाको विषयमा विवाद हुदै आएको रहेछ । यसको समयमा सम्बोधन गर्न नसकेको खण्डमा समस्या ठूलो हुन सक्ने भएकाले महत्वपूर्ण ठान्यौ । यसबारेमा सुरुमा मौखिक जानकारी वडा अध्यक्ष सेरोजुद्धिन अंसारी समेतलाई दियौं । उहाँहरुलाई गुनासोको बारेमा एकठाउँमा बस्न सकिन्छ की ? भनेर राख्यौ वहाले पनि बस्न चाहेको तर नभ्याएकाले समन्वय गर्ने बचन दिनुभयो । हामीले सरोकारबालाहरुलाई राखेर संवाद गर्न महत्वपूर्ण ठान्यौ । सहभागी साह समुदायको मैनजन जोगिन्द्र साह र मुसहर समुदायका अगुवा कामेश्वर सदाले एक आपसमा सम्बन्ध सुधार गर्ने, समुदायमा केही समस्या भए सामुहिक रुपमा संवादको माध्यमबाट सामाधन गर्ने बचन र प्रतिवद्धता प्राप्त भयो ।
कार्यक्रममा कस्ले के भन्यो ? घनश्याम साह ः समुदायका अगुवाहरुका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएको छ । हामीले समुदायको हिसाबले कसैले कसैलाई विभेद , छुवाछूत र हेला गरेका छैनौ । तर पनि सदा मुसहरहरुले साह प्रति लक्षित गरेर विभेद , छुवाछूत र हेला गरेको गुनासो छ, यस्तोमा कुनै सत्यता छैन। तर पनि सदासमुदायको यस्तो भनाइ आउनु समुदायका बिचमा संवाद , छलफल र भेटघाट कम भएर हुन सक्छ ।
सुरेन्द्र कुमार साह ः शैक्षिक गुणस्तर नहुदा पनि सामाजिक सदभावमा असार परेको छ । जुन समुदायको विधार्थी छ, त्यो समुदायको शिक्षक नभएकोले शैक्षिक गुणस्तरीयको विषयमा प्रश्न उठाउने गरेको छ। विधालयहरुलाई समुदाय र लैगिक मैत्री बनाउन जरुरी छ । हाम्रोजस्तो गाउँमा भएको विधालयमा शिक्षाको नाममा राजनिती बढी भएकोले गुणस्तर आभाव रहेको देखिन्छ ।
रामसेवक सदा ः समुदायको चेतनास्तर बढाउन अभिभावक शिक्षा, विधार्थीको हितमा काम गर्न शिक्षकहरु ईमानदार, सामाजिक बनावट अनुसार दरबन्दी शिक्षक समावेशी हुनुपर्ने जरुरी देखिन्छ । अर्कोतर्फ हामीलाई कुनै पनि सहयोग , राहत र जनता अवास कार्यक्रम दिएको छैनन् ।
रन्जित साह ः समानुपातिक सहभागीताले सामाजिक सदभावमा योगदान गर्ने भएकोले सबै पक्षले समान्ताको कुरामा ध्यान दिनुपर्ने देखिन्छ । जनताको जनप्रतिनिधि छनोटको बेला गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा मासु, रक्सीको मातमा मत हाल्ने प्रवृत्तिले समेत सदभावमा असर पारेको छ । जनता चुनावको बेल चुकेकाले यस्को असर समुदायको हकहित र अधिकारमा पनि परेकाले समुदायको समस्या सामाधान र सामाजिक सद्भाव कायम गर्न ध्यान दिनुपर्ने देखिन्छ । शिक्षाको हकमा समुदायको भावना बुझ्ने शिक्षक र विधालय नियमित विधार्थी पठाउने अभिभावक नभएसम्म शैक्षिक सुधार नहुने अवस्था छ ।
कपिलेश्वर ऋषिदेव ः भोक्राहा नर्सिङमा दलितका आवाजलाई उपेक्षा गरेको छ । अझैसम्म ठूला जातकाहरुले विभेद , छुवाछूत र हेला गर्ने गरेको छ । समान्ता गाउँमा छैन्। तर पनि सदाहरुले जसोतसो बाचेको छ ।
जोगिन्द्र साह ः समुदायमा केहीले सामाजिक सञ्जालमा आधारहीन कुराहरू राख्ने, जातीय, धार्मिक, सांस्कृतिक भेदभाव वा दुर्भावलाई दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कुरालाई बढावा दिने वा प्रचलित कानुनले रोक लगाएका कुराहरू प्रकाशन÷प्रसारण गर्न नपाइने कानुनी प्रबन्धसमेतको हेक्का हरेक सूचना प्रविधि प्रयोगकर्ताले राख्नु पर्छ । तर सबैभन्दा उदासीन यसैमा देखिन्छ जस्ले गर्दा जातीय र अन्तर धार्मिक सद्भावमा असर परेको देखिन्छ ।
सुमित्रा सदा ः हाम्रोजस्तो गाउँमा दलित बस्ने भूगोल सानो भए पनि एक दर्जनभन्दा बढी जातजातिको बसोबास रहेको छ । देशलाई विभिन्न जातजातिको साझा फूलबारी पनि भनिन्छ । नेपालको पुँजी पहिचान नै विविधतासहितको एकता हो । तर गाउँमा पुरातनवादी सोचले समस्या देखिन्छ ।
सोनी सदा ः गाउँमा हाम्रो दिनाभद्री धर्म, संस्कृति र परम्परालाई उपेक्षा गरेको छ । हामीले एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव चाहेको भए पनि ठुलो जात साह र मेहताले उपेक्षा गरेको छ ।
सम्मतोलिया ऋषिदेव ः सरकारले सबै धर्मप्रति समान आदर गर्ने, कसैप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति हो– धर्म निरपेक्षता हो भन्ने गरेको सुनिन्छ तर व्यवहार खोई ? गाउँमा दिनाभद्री मन्दिरमा लगानी छैन मुस्लिम वडा अध्यक्ष भएकोमा कुनै सुनुवाइ छैन । सुकुम्बासीले जहा त्यहीँ विभेदकारी व्यवहार भोग्न बाध्य छन । विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ ।


खुसिलाल उराँव ः हामीले मुलुकको संविधानले ग्यारेन्टी गरेको विविधतालाई सकारात्मक परिणाम दिन सक्ने बनाउन धर्म निरपेक्षता, समावेशिताको सिद्धान्त आत्मसात् गरेको भन्छौं तर के त्यसको कार्यान्वयन र अनुभुती गर्न पाएका छन त नागरिक ? । विधालयमा पढाइ राम्रो छैन , गरिब दलितको कुरा सुन्ने कोही भएन ।
सम्भु उराँव ः हाम्रोजस्तो विविधतायुक्त समाजमा विभेद र विद्वेषले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिन सक्दछ, प्रतिशोध र द्वन्द्व निम्तिन पनि सक्दछ । त्यसैले विविधताको यो सम्भावित नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न लाग्नु पर्छ । संवादमा सामाजिक सदभावको अवस्था र स्थानीयहरुको भुमिका, साह समुदायका बीचमा जातीय बहिस्कार भएको र भोजबाट बन्चित गरेको सवाल, मुसहर बस्तीको सार्वजनिक बाटो, ढल निकासमा दलित भएकै कारणले उपेक्षा गरेको , सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर भन्दा दलितको विधार्थी भएकै कारणले बेवास्ता गरेको, सामुहिक र सामुदायिक काममा मुसहरहरुलाई साह सुमदायले बेवास्ता गरेको, धार्मिक रुपमा मुस्लिमबाट र जातीय रुपमा साहहरुबाट विभेद सहनुपरेको गुनासो र ब्यक्तिगत घटनादर्ता समेत मुसहर भएकाले ढिलासुस्ती गरेको, जनता आवास कार्यक्रम नभएको र नदिएको, घर तथा जग्गाको व्यवस्था नभएकोले छुवाछुतको सिकार भएको तथा गाउँपालिकाबाट प्राप्त हुने प्रधानमन्त्री स्वरोजगारका अवसर र वितरण प्रक्रिया सावलमा सौहार्दपूर्ण वतावरणमा संवाद भएको थियो ।