अनिल श्रेष्ठ । इनरुवा
सुनसरीकाे इनरुवा माईति भएकी क्यान्सर पीडित नमिता बस्नेत चैत ३० गतेदेखि साईकल यात्रामा निस्कनुभएकाे छ । क्यान्सर विरुद्धको सचेतना फैलाउने उदेश्यले मेची महाकाली यात्रा सुरु गरेको बस्नेतले बताउनुभयाे । मानव जीवन बाचुनजेल रमाइलो र हासीखुसीका साथ बाच्नुपर्ने सन्देश दिन र क्यान्सरको विरुद्ध सचेतना फैलाउन आफू क्यान्सर पीडित भएपनि साईकल यात्रामा निस्केकाे बताउनुभएकाे छ ।


मुस्काछ नयाँ जीवन नाराका साथ क्यान्सर याेद्धा बस्नेत यात्राको क्रममा बुधबार इनरुवा आईपुग्नुभएकाे छ । बस्नेतलाई इनरुवाका स्थानीयले सम्मान सहित बिदाई गरेको जनाएको छ ।

बस्नेतकाे साईकल यात्रा सफलताको शुभकामना र बिदाई गर्न जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता, इनरुवा नगरपालिका ३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, सदस्य सविना सिग्देल , नेपाली काग्रेंस वडा सभापति सुनाेज निराैला, इनरुवा जेसिजका अध्यक्ष सत्य नारायण यादव, स्थानीय रिवाज निराैला, पत्रकार अनिल श्रेष्ठ , ई उमेश्वर मेहता र राम दुलाल राजमार्गमा पुग्नुभएकाे थियो ।

क्यान्सर पीडित नमिता बस्नेत मेचीमहाकाली  साईकल यात्रामा