सुनसरी
२०८२ बैसाख ३ गते ।
अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नाराका साथ नेपाल शिक्षक महासंघले शैक्षिक आन्दोलनमा हाेमिएकाले विधालय विधार्थी भर्ना अभियान प्रभावित भएको छ । सुनसरीकाे इनरुवामा बैसाख ३गतेसम्म कुनै विधालयमा विधार्थी भर्ना अभियान सुरु नगरेकोले प्रभावित भएको हो । नेपाल शिक्षक महासंघ इनरुवा नगरमा आवद्ध शैक्षिक घटकहरुद्वारा गठित नगर आन्दोलन परिचालन समितिले आन्दोलनमा कडाइका साथ हाेमिने जनाएको छ । समितिले जारी गरेको अपिलमा भनिएको छ, ” चैत्र २० गतेदेखिको सडक आन्दोलन र चैत्र २५ गतेदेखि शैक्षिक आम हडताल घोषणा गरिसकेको र काठमाण्डौ केन्द्रित आन्दोलन १५ दिनमा पुग्दा पनि वर्तमान सरकार मौन बसी आन्दोलनलाई निस्तेज पार्ने कार्यमा आगाडि बढिरहेको छ। महासंघसँग वार्ता भइरहेको र सकारात्मकतर्फ उन्मुख भइरहेको भन्ने गलत समाचार सम्प्रेषण गर्ने र शिक्षा मन्त्री र स्थानिय सरकारबाट भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने जस्ता कार्य भइरहेको छ। शैक्षिक आमहडताल जारी भइरहेको वर्तमान अवस्थामा कतिपय विद्यालयहरुले विद्यालय खोल्ने, भर्ना अभियान सञ्चालन गर्ने, तालिम, गोष्ठी र बैठकहरूमा सहभागिता जनाउने जस्ता कार्य भइरहेको भन्ने सूचना प्राप्त भएकाले नगर आन्दोलन परिचालन समितिको गम्भीर ध्यानाकर्षण भएको छ। “


त्यसैगरी “मेराे आन्दोलन मेरो सहभागिता भन्ने कुरालाई आत्मसाथ गरी काठमाण्डौ केन्द्रित बान्दोलनलाई अझ सशक्त बनाउने निर्णयलाई कार्यान्वयन गर्न बैसाख ३ गते बसेको नगर आन्दोलन परिचालन समितिकी बैठकद्वारा अनुमोदन गरिएकाे शिक्षक देवकृष्ण यादवले जानकारी दिनुभयो ।
समितिले जारी गरेको अपिलमा सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ र आवद्ध संबद्ध घटकका पदाधिकारीहरुको बैठक बसी सबैलाई काठमाण्डौ केन्द्रित आन्दोलनमा अनिवार्य पठाउने, नगर रपालिका स्तरमा टास्क फोर्स गठन गरी शैक्षिक आम हडताल पूर्ण रूपमा कायान्वयन भए नभएको अनुगमन गर्ने र कुनै विद्यालयले पालना नगरेकाे भए सोको अभिलेख राखीने जनाएको छ।
त्यसैगरी इनरुवा नगरपालिका तथा शिक्षा शाखालाई सामुदायिक विद्यालयसंग सम्बन्धि कुनै किसिमको शैक्षिक गतिविधि गर्न नगराउन विद्यालयका प्रअ शिक्षक कर्मचारीलाई दवाव नदिन हुन अनुरोध गरिएकाे छ।
समितिले आफ्नो विद्यालयबाट अधिक भन्दा अधिक शिक्षक कर्मचारीलाई काठमाडौं केन्द्रित आन्दोलनमा पठाउन हुन अनुरोध गर्दै तथा पेशागतगत मुद्दा हामी सबै प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुको साझा सवाल भएकाले भोलि यी मागहरु पुरा नहुदा हामी सबैले उपभोग गर्न पाइने हुनाले आन्दोलनमा पनि सबैको सहभागिता हुनुपर्ने भएको हुँदा शिक्षा ऐन प्राप्तिको लागि याे आन्दोलन अन्तिम र निर्णायक भएकाले सबैले आ आफ्नो स्थानबाट इमान्दारिता पूर्वक पालना गर्नु हाम्रो नैतिक जिम्मेवारी हो । शैक्षिक आम हडतालको नाममा विशेष परिस्थिति वाहेक घरमा बस्नु, भ्रमणमा जानु, बाफ्नो निजी व्यवसाय सञ्चालन गर्ने, बैठक, गोष्ठी, सेमीनारमा भाग लिन, विभिन्न बहानाबाजी लगाएर आन्दोलनमा उपस्थित नहुनु हाम्रा लागी किमार्थ शाभनीय कार्य हुन सक्दैन। तसर्थ आजे देखि यो आन्दोलनलाई थप उर्जाशील बनाउन सम्पूर्ण प्रधानाध्यापक शिक्षक कर्मचारीहरुलाई आर्थिक र भौतिक सहयोग गर्न हुन हार्दिक अपिल गर्दछौं। हाम्रो यो निर्णायक आन्दोलनलाई एक्यबद्दता जनाई सहयोग गरी दिनहुन सम्पूर्ण अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तहका सरकार प्रमुख शिक्षा विकास तथा समन्वय एकाइमा समेत हार्दिक अपिल गर्दछौं। अपिलमा भनिएको छ ।