जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ५ गते । सुनसरीमा अहिलेसम्मकै सबै भन्दा ठूलो परिमाणमा पैतिस ग्राम लागू औषध ब्राउन सुगर सहित ११ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित ११ जनालाई पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका वडा नं.१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित ११ जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

लागू औषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका वडा नं. ५ झुम्काका २० वर्षीय करण चौधरी, इटहरी उप–महानगरपालिका वडा नं. ४ बुद्ध टोलका ४० वर्षीय पर्वत यादव, इटहरी १ आँपगाछिका १९ वर्षीय रोमन चापाँगाई, इटहरी ७ का १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैचा गाउँपालिका वडा नं.५ का ४२ वर्षीय प्रेम कुमार राई, सोही ठाउँका २५ वर्षीय अनिल खवास, अजित श्रेष्ठ, दिपेश तामाङ, धरान ८ का २९ वर्षीय सरोज विश्कर्मा, धरान १० का २७ वर्षीय निरन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करण चौधरीको साथबाट १२.७० ग्राम, पर्वत यादवको साथबाट २.९४०, रोमन चापाँगाईको साथबाट १.५१०, मिलन तामाङको साथबाट ३.२४०, प्रेम कुमार राईको साथबाट ३.६२०,अनिल खवासको साथबाट ०.९३० ग्राम, अजित श्रेष्ठको साथबाट ४.२४० ग्राम, किसोरका साथबाट ३.७०० ग्राम, निरन श्रेष्ठको साथबाट १२.७० ग्राम फेला परेको छ ।
सीमामा ११ जनाका साथबाट पक्राउ ब्राउन सुगर ३५.२० ग्राम फेला पारी उनिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।