शुभकामना आदानप्रदान कार्यक्रम

शुभकामना आदानप्रदान कार्यक्रम

जजन्युज । इनरुवा
सुनसरी सदरमुकाम इनरुवामा नेकपा(एमाले),इनरुवा न.पा.-५ नं. वडा कमिटीकाे आयोजनामा “नव बर्ष -२०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान एवम् वडा(जरा) केन्द्रित अभियान समापन समारोह कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार ५ नम्बर वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेल अध्यक्षता तथा स्थायी कमिटी सदस्य,भीम आचार्यकाे प्रमुख अातिथित्यतामा कार्यक्रम सम्पन्न भएको वडाका उपाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आचार्यले युवा लक्षित बजेट निर्माणमा यो सरकारको ध्यान जानुपर्ने र देश भित्रै युवालाई रोजगारीको सृजना गर्न ध्यान जानु पर्नेमा जाेड दिएका छन् । स्वदेशमा राेजगार भएको खण्डमा त्यसले वैदेशिक पलायन कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा आचार्यले एमाले सधैंभरी जेष्ठ नागरिकहरुलाई सम्मान र सहयोग प्रदान गर्दै आईरहेको बताउनुभयो ।
प्रमुख अथिति आचार्यले दुहबी इनरुवा सडक चार लाईनकाे बनाउन अत्यन्तै संबेदनसिल र यसलाई आफू मुख्यमन्त्री हुँदै देखि डीजाईन स्टेनमेन्ट गरि ठेक्का लगाउन लागीपरेका बताउनुभयाे । उहाँले प्रदेश सरकारसंग निरन्तर कुराकानी गरीरहेको बताउनुभयो । अथिति पार्टीका ईन्चार्ज जगदीश कुसियैतले ईनरुवा-५ मा जरा केन्द्रित अभियान आफ्नो मुल:उदेश्य पुरा गर्न सफल भएको आफुलाई महसुस भएको बताउनुभयो । नेपालको लोकतान्त्रिक ब्यबस्था मजबुत बनाउन हाम्रो पार्टी जनताको बीचमा निरन्तर लागि रहेको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा( एमाले) केन्द्रिय सदस्य एवम् सुनसरी इन्चार्ज जगदीश कुर्सियत ,कोशी प्रदेश कमिटी सदस्यहरु नीरा खनाल,लोकेश निरौला, राम प्रसाद मेहेता, कालुराम गुरुङ, राज कुमार दङ्गाल, सुनसरी जिल्ला का.वा.अध्यक्ष पर्शुराम यादव सहित ईनरुवा नगर भित्रका नेकपा(एमाले) जिल्ला सदस्यहरु, विभिन्न जनसंगठनका नेताहरु, ईनरुवा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैबीच कार्यक्रममा १०५ वर्षिय कृष्णमाया देवी कोईराला लगायत ८० बर्ष भन्दा माथिका वडा भित्रका ६८ जना जेष्ठ नागरिकहरुलाई जरा अभियान अन्तरगत सम्मान गरिएकाे जनाएकाे छ । कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा( एमाले ),कोशी प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा -५, बलाहा,सुनसरी शिक्षित जनसमुदायको बसोबास गर्ने स्थान तथा कम्युनिस्ट आन्दोलनको उर्वर भुमि रहेको र अभियानको सन्दर्भमा यहाँ काम गर्न पाउँदा आफुलाई अत्यन्तै गर्व महसुस भएको बताउनुभयो । उहाँले यो अभियानमा सबै टोल कमिटीहरु, महत्त्वपूर्ण जनसंगठनहरुको निर्माण ,सत प्रतिशत संगठित सदस्यता नविकरण, नयाँ सदस्यता उत्साहजनक बिस्तार भएको बताउनुभयो ।

अभियानको क्रममा बिकास निर्माण र विभिन्न जनसरोकारका बिषयमा बृहत छलफल र समाधानको प्रयत्न भई स्थानीय तहमा पार्टीको सवलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न यो अभियानको सफल भएको र अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण तहका नेतृत्व र जनसमुदायलाई बिशेश धन्यवाद व्यक्त गर्नुभयो । अभियान २४ फागुन २०८१ मा अभिमुखीकरण र सदस्यता नविकरण गरी सुरु भएको थियोे । सो दिन ९२ बर्सिय जेष्ठ नागरिक भवानी प्रसाद पोखरेल लगायत अग्रज महानुभावले सदस्यता नविकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य भीम आचार्य, केन्द्रिय सदस्य जगदीश कुसियत, प्रदेश कमिटी सदस्य एवम् जरा अभियानको प्रमुख अभियन्ता लोकेश निरौला, जिल्ला का.वा अध्यक्ष पर्शुराम यादव, नगर कमिटी अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।