सिमानामा लागुऔषधविरुद्ध सचेतनामूलक अभीयान

नेपाल र भारतको सुनसरी सीमाक्षेत्रमा सशस्त्र प्रहरीले लागुऔषधविरुद्ध सचेतनामूलक अभीयान सुरु गरेको छ । बढ्दो लागुऔषध ओसारपसार र प्रयाेगले बढ्दै गएको असरलाई ध्यानमा राखेर सिमानामा सचेतनामूलक अभीयान सुरु गरेको हो ।
लागुऔषधविरुद्ध सचेतनामूलक अभीयान जिल्लाको कोशी गाउँपालिका वडा नं १ लौकहीबाट सुरु गरेको जनाएको छ । लाैकही स्थित नेपाल भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरीले लागुऔषधविरुद्ध सचेतनामूलक अभियान सुरु गरेको जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको आयोजनामा लागुऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (स.प्र.उ.) निर्मल कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय एसएसबी- ५६ बटालियन, बथनाका दुई आईसी 2IC श्री कस्तुरी लाल, सशस्त्र प्रहरी गुल्म हरिपुरका गुल्मपति सशस्त्र प्रहरी नयव उपरीक्षक केदार जङ्ग थापा, सशस्त्र प्रहरी बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतम, सशस्त्र प्रहरी बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतो र कोशी गाऊँपालिका १ नं वडाका वडा अध्यक्ष साेभितनारायण यादवकाे उपस्थिति रहेको थियो ।सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले सीमाक्षेत्रमा सुरक्षाकर्मी मात्र नभई समुदायको सक्रिय भूमिका पनि अत्यावश्यक रहेको औँल्याउँदै समाजमै लागुऔषधविरुद्ध व्यापक चेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।

सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि आयोजना गरिएको कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र पत्रकार र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियोे ।