जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १२ गते । सुनसरीको हरिनगर गाउँपालिका ५ का अग्नी पीडितलाई घर बनाउन जस्तापाता हस्तान्तरण गरेको छ । दुईहप्ता अघि हरिनगर गाउँपालिका ५ बसन्तपुरमा भएको आगलागीका कारणले १२ परिवारको घर लजेर गष्ट भएपछि खुल्ला आशासमुनि बसिरहेका अग्नी पीडितलाई घर बनाउन सहजताका लागि जस्तापाता हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँले दाता सहयोगीबाट समन्वय गरेर शुक्रबार हरिनगर गाउँपालिका ५ बसन्तपुर शिसुवा टोलका ११ जना अग्नि पीडितहरु लाई २२ बन्डल जसतापाता हस्तान्तरण गर्नुभएको छ । जस्तापाता वितरण कार्यक्रममा अधिकारकर्मी लखनलाल साह, नईम अंसारी, समिम अंसारी सहितको उपस्थिती रहेको थियो ।