कदु खेतीमा ५० हजार लागानि चार लाख आम्दानी
सुनसरीकाे गढी गाउँपालिका ५ सतैरझाेराका युवा किसान अनरुप उराँवले कदु खेतीमा ५० हजार लागानि गरि चार लाख आम्दानी गर्नुभएको छ । युवाहरू विदेश पलायन भईरहेकाे र केही ठगीमा परेको समाचार बाहिर आईरहेकाे बेला उराँवले सात कट्ठा जग्गा भाडामा लिएर ५० हजार रुपियाँ लगानी गरेर गर्नुभएको कदु खेतीबाट चार लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
भिरालो जग्गामा ३ महिनादेखि वर्षभरी नै फल्ने कदु खेतीबाट थाेरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको युवा किसान उराँवले बताउनुभयो । वार्षिक २० हजार रुपियाँ भाडामा सात कट्ठा जग्गा लिएर ५०० लहरा कदु राेपेर यो सिजनमा मात्रै ४ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।

उराँवले श्रम गरे र शिपलाई खेतीयोग्य जग्गामा लगानी गरेको खण्डमा केही गर्ने जाेसका साथ गाउँपालिकाभरीमै सबैभन्दा पहिलोपटक भाडामा जग्गा लिएर कदु खेती गरेको बताउनुभयो । उहाले पहिलोपटक कदु खेती गरेकोमा साेचे भन्दा राम्रो आम्दानी भएको बताउनुभयो । सुरुमा प्रतिगाेटा ८० रुपियाँ र हाल २० रुपियाँ प्रतिगाेटा विक्रि गरेर साे बराबरको आम्दानी गरेको र वर्षाको पानीले क्षति नगरेसम्म फल्ने उहाँको भनाइ छ ।
यसैबीच वडामा सहासिक परिश्रमी नमुना कृषकको रुपमा उराँवलाई घाेषणा गर्दै गढी गाउँपालिका ५ नम्बर वडाले पुरस्कृत गर्ने भएको छ । वडा अध्यक्ष चन्द्र कुमार सरदारले उराँवलाई कदु खेती गरेर गाउँमा पहिचान स्थपित गरेकोले नमुना कृषक सम्मानबाट नगद सहित पुरस्कृत गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “स्वदेशमा काम छैन , राेजगार छैन भन्दै विदेशिने क्रम बढेको बेला सानाे लगानी ५० हजारमा सुरु गरेको कदु खेतीमा एकै सिजनमा चार लाख आम्दानी गरेकोमा म खुसी भएको छु । अरु किसानलाई पनि प्राेत्साहनका लागि सम्मानित गर्ने तयारी गरेको हो । , “
उरांवकाे लगनशीलता र परिश्रम गर्ने जागरले कदु खेतीमा भविष्य देख्नुभएकाेले सम्मानित गर्ने निर्णयमा पुगेको वडा सचिव श्यामनारायण साहले बताउनुभयाे । यसैबीच साझेदारी नेपाल सुनसरीले उराँवलाई प्राेत्साहन गर्न ५५ वटा कदु बारीबाटै किनेर अगुवा किसानलाई वितरण गरेको संस्थाका अध्यक्ष साेनी यादवले जानकारी दिनुभयो । हजार लागानि र लाख आम्दानी उदाहरणिय किसान भएकोमा प्राेत्साहन गर्न बारीबाटै किनेर अगुवा किसानलाई वितरण गरेको संस्थाका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

तालिममा
