जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ साल वैशाख २१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको लागि सुनसरीमा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको हो । जिल्ला सदरमुकाम इनरुवा सहित आठ स्थानीय तहमा ३८ परीक्षा केन्द्र निर्धारण गरेको छ । सुनसरीमा कक्षा १२ को वार्षिक परीक्षामा नियमित तर्फको ११ हजार ४३८ जना र ग्रेड वृद्धि तर्फका चार हजार १३३ जना गरि कुल १५ हजार ५७१ परीक्षार्थीका लागि ३८ परीक्षा केन्द्र निरधारण गरेको शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले जनाएको छ ।

यसैबीच शुक्रबार परीक्षा केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण गरिएको छ । आईतबार हुने परीक्षालाई मर्यादित र सफल पार्नका लागि केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण गरिएको जनाएको छ । परीक्षा बोर्डका अनुसार कोशी प्रदेशमा ७१ हजार ९५७ परीक्षार्थीका लाष् ि२१७ परीक्षा केन्द्र तय गरेको छ ।