इनरुवा, वैशाख २० गते । सुनसरीको बर्जु गाउँपालिका १ नम्बर वडा कार्यायलको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सुशासनको पक्षमा सुझाव प्रतिकृयासगैं चार वर्ष अघि सिलान्यास भएको १५ सैयाको अस्पताल निर्माणमा भएको ढिलाईको विषयमा चासो राख्दै छिटो निर्माणका लागि सुझाव दिएका छन् । आर्थिक वर्ष २०८१।०८२ मा बर्जु गाउँपालिका १ नम्बर वडा कार्यायलले सम्पन्न गरेको र चालु रहेको योजनाको प्रतिवेदन सार्वजनिक गर्दै वडा अध्यक्ष दिलबहादुर गुरुगंले सार्वजनिक सुनुवाईमा उठेको अस्पतालको सवाल गाउँपालिकासगैं प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।


सार्वजनिक सुजुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका बबिता गुरुगंले महिलाहरुलाई सशक्तिकरण तथा क्षमता विकासका कार्यक्रम, बालकालिकाहरुका लागि लिटो वितरण, सुत्केरीलाई कपडा तथा पौष्टिक आहारको कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
नेपाली काग्रेंसका बर्जु १ का वडा सभापती पुष्पराज गुरुगंले अधुरा विकासहरुलाई पूर्णता दिनुपर्ने, पशुका लागि खोप कार्यक्रम ल्याउनुपर्ने, कृषिका लागि नहरमा पानी, मल विउको आपुर्ती, शैक्षिक गुणस्तरका लागि अनुगमन, युवाका लागि रोजगारीको अवसर सृजना गर्नुपर्ने सुझाव राख्नुभयो ।
स्थानीय देवनारायण रायले बाटोमा बढेको अधिक्रमण हटाउनुपर्ने, बोल बती राख्नुपर्ने, खानेपानीका लागि टुबेल वितरण गर्नुपर्ने सुझाव राख्नुभयो ।
अर्का सहभागी प्रमोद कामतले केशल्या नदी नियन्त्रण तथा आसपास क्षेत्रमा बाटो निर्माण, तमांग टोलमा बाटो सहितको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
महेश पासवानले सामुदायि विद्यालयको शिक्षामा सुधार गर्न सघन अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो ।
दलित बस्तीका अगुवा जुगेश्वर ऋषिदेवले सुकुम्बासी तथा दलितहरुका लागि सौचालय र खानेपानीका लागि टुबेल वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा कृषक सियाराम मेहताले कृषिलाई व्यवसायिक करण गर्नुपर्ने, कृषि विधुतिय मोटरको व्यवस्था गर्नुपर्ने, कृषि उपकरणको व्यवस्था गर्नुपर्ने, मलविउँको व्यवस्था गर्नुपर्ने,दनीमा झोलुगें पुल भन्दा ठूलो पुल निर्माण गर्नुपर्ने र कालोबजारी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय मिरा सरदारले बाढी प्रभावित दलितहरुलाई आवाशको व्यस्ता गर्नुपर्ने माग गर्नुभयो । स्थानीय विनोद गुरुगंले स्थानीय पालिकामा कती वडा कानुन निर्माण भएको , विगतका सार्वजनिक सुनुवाईमा आएको सुझावहरु के कती कार्यान्वयन भएको छ ?, किसान, महिला र बालकालिकाहरुको माग मुद्धा के कती सम्बोधन भएको भनी जिज्ञााि राख्नुभयो । उहाँले सार्वजनिक सम्पती संरक्षण गर्नुपर्ने, नवदुर्गा मन्दिरको सौचालय निर्माण गर्नुपर्ने, खोरेत विरुद्धको खोप चलाउनुपर्ने, मेलमिलाप केन्द्र प्रभावकारी बनाउनुपर्ने, युवाहरुका लागि रोजगारमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सियावती ऋषिदेवले बाढीबाट जोगाउनका लागि सौचालय अभावको मारमा रहेका सुकुम्बासी तथा दलितहरुका लागि आबास सहित खानेपानीका लागि टुबेल वितरण गर्नुपर्ने बताउनुभयो । त्यसैगरी पारस खत्रीले युवाहरुलाई उत्पादन तथा रोजगारमुलक योजना ल्याएर रोजगारी दिनुपर्ने, विकास निर्माणमा गुणस्तरमा ध्यान दिनुपर्ने, वडा तहमा पनि पशु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । टोल विकास संस्थाहरुलाई स्थागत गर्नुपर्ने, विकासमा पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख सन्तोश बंजराले गाउँपालिकामा नेपाल संविधानको अनुसुची ८ ले भनेको स्थानीय तहका एकल अधिकार भित्रका ४८ वटा ऐन, नियम, कार्यविधि तथा कानुन निर्माण गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा पहिलो पटक बर्जु १ मै टोल विकास संस्था गठन भएकोले त्यसलाई संस्थागत गर्ने, सरकारको निति अनुसार काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका विपत व्यवस्थापन शाखा प्रमुख गणेश चापागाईले गाउँमा सचेतनाका कार्यक्रम गर्नुपर्ने, जोखिम पहिचान गरेर सुरक्षित हुने कार्यक्रम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा सचिव नेरेशा अधिकारीले स्वागत मन्त्य राख्नुभएको थियो भने सहजिकरण पत्रकार जयकृष्ण यादवले गर्नुभएको थियो । । कार्यक्रममा पशुपञ्छी विकास शाखा प्रमुख श्यामनारायण मेहताले खोप कार्यक्रम छिट्टै सञ्चालन गर्ने र पशुपालक कृषकहरुलाई सशर्त कार्यक्रम अन्तरगत आएको कार्यक्रमको सेवा दिईरहेको बताउनुभयो ।


१, सुनसरीको बर्जु गाउँपालिका १ नम्बर वडा कार्यायलको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरु ।
तस्विर ः