इनरुवा, वैशाख २४ गते । सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सरोकारबालाहरुले शिक्षामा गुणस्तरदेखी बाटो निर्माणमा कालोपत्रेसम्मको सवाल उठाएका छन् । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, अभिभावक शिक्षा, विद्यालयमा पार्किंग, बाल उधान, भन्सियामाई मन्दिर, कालि मन्दिर, सिता घाट र कमल पोखरी संरक्षणमा स्थानीयहरुले सवाल उठाएका छन् ।


कार्यक्रममा सरस्वती चौधरीले सिलाईकटाईको तालिम र बजेटको बारेमा सवाल उठाउनुभयो । एमालेका नेता सज्जनलाल चौधरीले जेष्ठनारिक भवन निर्माण, भ्रमणको कुरा, सडक निर्माणका सवाल वडा तथा नगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।
सर्वदेव साहुले खोलापारीको बाटो र विर्जुधामी मन्दिर बनाउनुपर्ने सवाल उठाउनुभएको छ । अर्का स्थानीय कृष्णसिंह खवासले भन्सियामाई मन्दिर संरक्षण, सडक निर्माण, नेपाल हरि माविको भवन निर्माण, कालोपत्रेमा गुणस्तरीयतामा ध्यान दिनुपर्ने सवाल उठाउनुभयो । नेपाल हरी आधारभुत विद्यालयमा माटो पुर्नुपर्ने, पंखाको व्यवस्था गर्नुपर्ने, खानेपानी, सौचालयको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
स्थानीय युवा समिर सिंहले वडा तथा नगरको विकास र योजना बनाउनका लागि तथ्याक सञ्कलन गर्नुपर्ने र सोही अनुसार आवश्यकतामा आधारीति बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले काली भगवती मन्दिर, रामजानकी मनिदर, भन्सियामाई मन्दिर, कमल पोखरी सहित सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने, संस्कृतिको जगेर्णा गर्नुपर्ने, ब्यामसाला निर्माण, सडक निर्माणमा गुणस्तर सहितको सवालमा सुभ,ाव दिनुभयो ।
अर्का स्थानीय ओमप्रकाश ठाकुरले किसानलाई राहत र विपन्नका लागि शव वाहनको व्यवस्था गर्नुपर्ने सवाल उठाउनुभयो ।
त्यसैगरी निर्मल सिंह खवासले पहिलो पटक वडामा सार्वजनिक सुनुवाई गरेकोमा धन्यवाद दिनुहुदै शैक्षिक सुधारका लागि शिक्षकहरुको सरुवा, राम्रोलाई पुरस्कार र नराम्रोलाई दण्डको व्यवस्था गर्नुपर्ने सवाल उठाउनुभएको छ । उहाँले भ्रष्टाचार र घुसखोर अन्त्य गर्नुपर्नेमा नगर र वडाले संरक्षण गरेको दावी गर्नुभयो ।
अर्का सहभागी छविलाल हरिजनले खोला अतिक्रमण रोक्नुपर्ने, दलितहरुको उत्थानका लागि कार्यक्रम गर्नुपर्ने माग गर्नुभयो । त्रिवेण सिंहले भवनमा रेलिंगको व्यवस्था, खानेपानी, खेल मैदान, झ्याल विनाको भवनमा झ्यालको व्यवस्था गर्न सुझाव दिनुभयो ।
चन्दन खवालसे चारधामको कथासंग चान्दबेला जोडिएकाले सोही अनुसारको विकास हुनुपर्ने सवाल उठाउनुभयो । सभुवक लाल सरदारले स्कूल भवन निर्माण र बालबालिकाहरुको हकहितका कार्यक्रम गर्नुपर्ने सवाल उठाउनुभयो । रुपन चौधरीले कालोपत्रे गर्नुपर्ने, कमल पोखरी संरक्षरण गर्नुपर्ने सवाल उठाउनुभयो । गुडिया रामले दलितका लागि आबास, खानेपानी टुवेल, सरसफाईको व्यवस्था हुनुपर्ने सुझाव राख्नुभयो । त्यसैगरी कार्यक्रममा सम्पतलाल चौधरी, श्रीनारायण सिंह, पर्शुराम चौधरी, फुल चौधरी, जयकुमार सिंह, राजकमार साह, सारोज चौधरी, मनोज चौधरी, आकाश सिंह र बन्हु चौधरी सहित २७ जनाले कृषि, शिक्षा र सडकको बारेमा सवाल उठाएका छन् ।
त्यसैगरी प्राधानाध्यापक सोना चौधरीले स्कूलको कटान रोक्न प्रयास , खानेपानी, पंखा सहितको माग गर्नुभयो ।

स्थानीयको माग र सुझावका विषयमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीयको माग जायज भएको र आफूले पनि प्रयास गर्दा केही सफल र केही हुने क्रममा रहेको प्रतिकृया दिनुभयो ।

उहाँले नागरिकको जनगुनासो, जिज्ञासा, सुझावहरु ग्रहण तथा योजनाहरु संकलन गर्ने क्रममा सकारात्मक सुझवाहरु आएको बताउनुभयो । उहाँले नागरिकको स्थानीय सरकार प्रतिको सन्तुष्टी थाहा पाउनका लागि वडावडामा कार्यतालिका बनाएर सार्वजनिक सुनुवाई गरेको जानकारी दिनुभयो । साजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख विनिताकुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज निरौला, इनरुवा ७ का वडा अध्यक्ष हिम्मत सिंह खबास, इनरुवा ५ का अनिलकुमार पोखरेल, कार्यापालिका सदस्य रम्भु सरकार, वडा सदस्यहरु, वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।