इनरुवा, वैशाख २६ गते । सुनसरीको इनरुवा नगरपालिका ६ मधेसामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सरोकारबालाहरुले मधेसा खानेपानी, कवर्ड हल, बाटो र शिक्षामा गुणस्तरदेखी सडकमा कालोपत्रेसम्मको सवाल उठाएका छन् ।
कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष कुमार पौडेलले वडामा एम्बुलेन्समा भएको लगानी, विद्यालयमा कर्मचारी नियुक्ती, उपभोक्ता समितिको पारदर्शीता, खानेपानीमा बेरुजु, कवर्ड हल निर्माण कार्य पुरा, जेष्ठ नागरिक भवन उदुघाटन, डिजिटल बोर्डको े सवाल उठाउनुभयो ।


त्यसैगरी रुद्रबिर कार्कीले आपसी द्धन्द्ध भन्दा सामूहिकका काममा ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । वडाबाट वितरण भएको अनुदानका कार्यक्रमहरुमा अनियपिमतता भएकोले पारदर्शिताका लागि आग्रह गर्नुभयो ।

स्थानीय सम्भु भट्टराईले विमामा अपांगता भएका व्यक्तिलाई थप सुविधान दिनुपर्ने, जेष्ठ नागरिक र दृष्टिविहिनका लागि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
गोविन्द भट्टराईले अनुदानका कार्यक्रममा नागरिकले तिरेको रकमको विलको व्यवस्था, विकासमा दिगोपना हुनुपर्नेमा जोड दिनुभयो । दिलु श्रेष्ठले वडामा एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने, महेन्द्र आधारभुत विधालयको बाटो र जग्गा संरक्षणका लागि आग्रह गर्नुभयो ।
आशा भुभाजु र पानालाल चौधरीले विकासमा विभेद नगरि गर्नुपर्ने, काम छिटोछरितो गर्नुपर्ने, मलको व्यवस्था र शिक्षामा ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।
त्यसैगरी राजेन्द्र ठाकुरले मधेसा झकनझोडाबाटोमा कालोपत्रे र सेवामा पारदर्शिताका लागि आग्रह गर्नुभयो । कार्यक्रममा प्रभाकर राई, विनोद कटुवाल र कुमार कार्कीले वडा अध्यक्ष र सदस्यको बीचमा जुहारीको विषय अनि फेसबुकमा भइरहेको आलोचनाका विषयमा सवाल उठाउदै दुवैलाई मिलेर काम गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी नारायण प्रसाद पोखरेलले मलको अभाव हुन नदिन आग्रह गर्नुभयो । इबेस डांगीले सिफारिसमा विभेद र ढिलासुस्ती गर्ने गरेकोले सेवामा पारदर्शिता तथा खानेपानीमा नियक्ति गरेका कर्मचारीको योग्यता सार्वजनिक गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा कमल बहादुर कार्की, मोहन कुमार श्रेष्ठ, लक्षमण बहादुर कार्की, सूर्य थापा, रिद्धिराज कार्की, विजय बस्नेत, रामबहादुर कार्की, सुरत लाल चौधरी लगायतकाले सुझाव, प्रश्न, जिज्ञासा र गुनासोहरु राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुको सवालको जवाफ वडा सदस्य अनुपा मोची, उतमकुमार कार्की, वडा अध्यक्ष सुमनकुमार थापा, उपप्रमुख विनिता कुमारी मेहता र प्रमुख केदार भण्डारी, प्रशासकिय अधिकृत डिल्लिराज निरौला सहितले दिनुभएको थियो । कार्यक्रममा इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, कार्यापालिका सदस्य सविता सुवेदी, विनोद अटल, योजेन्द्र शर्मा, वडा सदस्यहरु, वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सरोकारबालाहरुले वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, अभिभावक शिक्षा, लोकसेवाको तालिममा समेत जोड दिनुभएको थियो ।
स्थानीयको माग र सुझावका विषयमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीयहरुको सबै माग, सुझाव र प्रश्न जायज भएको प्रतिकृया दिनुभयो । उहाँले नागरिकको जनगुनासो, जिज्ञासा, सुझावहरु ग्रहण तथा योजनाहरु संकलन गर्ने क्रममा सकारात्मक सुझवाहरु आएको बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिका ६ मा सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा