जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख २६ गते । सुनसरीमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । प्रहरीले बोक्ने हेण्ड सेट र नेपाल प्रहरीको परिचय पत्र सहित इनरुवा नगरपालिका ८ का ३५ वर्षीय जाबिर हुसेन मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार विहीबार कोशी गाउँपालिका वडा नं.–१ लौकही भन्सार रोडबाट मियाँलाई पक्राउ गरेको हो । भन्सारहुदै नेपालबाट भारततर्फ गएको प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाईकलमा शंकास्पद रुपमा जादै गरेको अबस्थामा ईनरुवा नगरपालिका वडा नं.–०८ कन्समडानका मोहमद सहमद मियाँको ३५ वर्षीय छोरा जाबिर हुसेन मियाँलाई इलाका प्रहरी कार्यालय लौकहीले नक्कली परिचय पत्र र सेट सहित पक्राउ गरेको जनाएको छ । मियाँलाई प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा उहाँको साथबाट प्रहरी जवान फिदाँ हुसेन नाम लेखिएको नेपाल प्रहरी परिचय पत्र, मोहमद सहमद मियाँ नाम लेखिएको मतदाता परिचय पत्र ,बायोफेन्ज लेखिएको (सुरक्षा निकायले प्रयोग गर्ने हेण्ड सेट जस्तो देखिने) हेण्ड सेट फेला पारेको जनाएको छ । मियाँलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गर्ने कार्य सुर गरेको प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।


१, सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ परेका नक्कली प्रहरी ।

तस्विर ः