जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख २६ गते । सुनसरीको इनरुवा नगरपालिका १ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाका सरोकारबालाहरुले नगरको बजाारमा चहलपहल बनाउनुपर्ने, पोलबतीको व्यवस्था, महानन्द पार्क, सार्वजनिक सौचालय, खानेपानी तथा सरसफाई, जेल खेल मैदान, भित्रि बाटो, वडाको स्वास्थ्य र शिक्षामा गुणस्तरसम्मको सवाल उठाएका छन् ।
कार्यक्रममा निर्वतमान वडा अध्यक्ष तथा नेपाली काग्रेसका वडा सभापती रामचन्द्र पोदारले वडाको बजार क्षेत्रमा पोलबती, महानन्द पार्क, चान्दनी आधारभुत विद्यालय, सार्वजनिक सौचालय, ढलको सरसफाई, इनरुवा खेल मैदान, रतिलाल यादवको घरदेखीका भित्रि बाटो र शिक्षामा गुणस्तर कायम गर्नुपर्ने सवाल उठाउनुभयो ।
अर्का सहभागी युवा व्यपारी प्रितम अटलले नगरको मुटु रहेको १ नम्बर वडाको बजारमा सेवाग्राही बढाउनुपर्ने,पार्किंगको व्यवस्था, शान्ती सुरक्षा, करहरुको सेवा दिनुपर्ने सवाल उठाउनुभयो ।
त्यसैगरी शिव यादवले शिव मन्दिरमा के कती लगानी भएको काम किन सम्पन्न नभएको त्यसमा ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । स्थानीय रामानन्द गुप्ताले भित्रि बाटोमा ढल सहितको व्यवस्था,बालबालिका र जेष्ठ नागरिकका लागि कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
गिता गुप्ताले आफूहरुको घर अगाडी पोलबतीको समस्या र बाढीको जोखिम रहेकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । अस्पातलमा लापर्वाही बढेकाले फटाही गर्नेलाई कार्वाही गर्नुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यसैगरी सत्य नारायण मन्दिर सेवा संघका सुरेश शर्माले बाढी व्यवस्थापन, नाला सरसफाई, सेवासंघको जिर्ण भवनमा मर्मत सम्भारका लागि सहयोग गर्न तथा योजनामा पारिदिन अनुरोध गर्नुभयो ।
त्यसैगरी प्रसान्त रेग्मीले स्मार्ट सिटिका लागि नागरिकहरुमा सचेतनाको जरुरी रहेको बताउनुभयो । उहाँले काममा वहानाबाजी नभई इमान्दार भएर काम गर्नुपर्ने, ढलको सफाई, प्रदुषण नियन्त्रण र नागरिक बडापत्रमा ध्यान दिन आग्रह गर्नुभयो ।
सागर दाहालले नगरमा रहेका जनप्रतिनिधिहरुले सन्तोश जनक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कहिकतै ढिलासुस्ती गरेको भए सुधारका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा गिरिराज अटलले उधोग बाणिज्य संघको अगाडीको सडक, नालाको काम गर्नुपर्ने, सडक मापदण्डमा सहजताका लागि सुझाव, प्रश्न, जिज्ञासा र गुनासोहरु राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुको सवालको जवाफ वडा अध्यक्ष प्रमोद पोखरेल, उपप्रमुख विनिता कुमारी मेहता र प्रमुख केदार भण्डारी, प्रशासकिय अधिकृत डिल्लिराज निरौला सहितले दिनुभएको थियो । कार्यक्रममा इनरुवा ६ का वडा अध्यक्ष सुमन थापा, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, कार्यापालिका सदस्य विनोद अटल, योजेन्द्र शर्मा, वडा सदस्यहरु, वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सरोकारबालाहरुको तर्फबाट लिला सुवेदीले बजारमा पानीको निकास, सरसफाई, पोलबती, असारे बजेट हतारो, शिक्षा, स्वास्थ्यको सवाल उनठानुभएको थियो ।
स्थानीयको माग र सुझावका विषयमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीयहरुको सबै माग, सुझाव र प्रश्न जायज भएको प्रतिकृया दिनुभयो । उहाँले नागरिकको जनगुनासो, जिज्ञासा, सुझावहरु ग्रहण तथा योजनाहरु संकलन गर्ने क्रममा सकारात्मक सुझवाहरु आएको बताउनुभयो ।
कार्यक्रममा वडा सचिव मुकेश पोखरेलले वडाको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा उपभोक्ता मञ्चका अध्यक्ष शंकरनाथ गुभाजु, नेपाल सांस्कृतिक महासंघका कोशी संयोजक चिरन्जीवि बस्नेत सहितको उपस्थिती रहेको थियो ।


१, सुनसरीको इनरुवा नगरपालिका १ मा सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका पदाधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा