कुष्ठरोगीहरुलाई सरसफाई सामग्री

इनरुवा, बैशाख २९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कुष्ठरोगीहरुलाई स्वास्थ्य र सुरक्षाका लागि सरसफाई सामग्री वितरण गरेको हो । सामाजमा अझैसम्म कुष्ठरोगीहरुलाई हेर्ने दृष्टिकोण साकारात्मक नभएकाले उनीहरु प्रति साकारात्मक भावना जगाउन र प्रोत्साहन गर्नका लागि सरसफाई सामग्री वितरण गरेको भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो । सहाका अनुसार गाउँका कुष्ठरोगीहरुलाई सरसफाई सामग्री सेभ द अर्थद्वारा संचालित विश्वास परियोजनाबाट वितरण गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सेवाग्राहीहरुलाई सरसफाई सहितको सामग्री वितरण गर्नुभएको थियो । भोक्राहा नरसिंह गाउँपालिकाकामा स्थानीयहरुको उपस्थितिमा सामग्री वितरण गरेको जनाएको छ ।

१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कुष्ठरोगीहरुलाई सरसफाई सामग्री वितरण गर्दै अध्यक्ष अजमल अख्तर आजाद ।
