इनरुवा, बैशाख २९ गते । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर सडकमा पल्टिँदा २० जनामध्ये आठ जना घाइते भएका छन् । विभिन्न स्थानका २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोमबार विहान सवारी दुर्घटना हुदा पाँच वर्षीया बालिका सहित आठजना घाइते भएको हो । कोशी गाउपालिका ७ हरिपुर स्थित पुर्ब पश्चिम जमार्गमा गाईघाटबाट झापा तर्फ जादै गरेको प्रदेश–१–०२–००१ख९९३६ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बसका २० जना मध्ये आठ जना गम्भीर घाइते र अन्य सामान्य घाइते भएको जनाएको छ । घाइतेहरुको स्थानीय अस्पताल भाण्टाबारीमा उपचार भइरहेको र अबस्था सबैको अवस्था सामान्य रहेको छ । प्रहरीले दिएको जानकारी अनुसार सुनसरीको कोशी गाउँपालिका ८ का महमद सहिलको ५ वर्षीय छोरा वानेस मियाँ, सोही ठाउँकि २५ वर्षीया रुक्साना खातुन,सबरुम खातुन,निलम रामको निधार, दायाबाँया खुट्टामा चोट लागेको छ । त्यसैगरी इनरुवा नगरपालिका ९ का ४५ वर्षीय गुलाब चन्द्र मेहेता, बराहक्षेत्र ११ का २१ वर्षीय प्रमोद ऋषिदेव ,कोशी गापा वडा ८ का हुसिय मन्सुरीको छोरा रहन मन्सुरी , छोरी वर्ष १.५ वर्ष की रोना खातुन समेत घाइते हुनुभएको छ । सबैको हात, खुट्टा र टाउको,निधारमा चोट लागेको जनाएको छ । यसैबीच बस धनी सप्तरी कञ्चनरुप नगरपालिका ९ का ३५ वर्षीय बिन्देश्वर प्रसाद दासले घाईतेहरुको उपचारमा सहयोग रहनुभएको छ । केही बेर सडक अवरुद्ध भएकोमा दिउँसोबाट बस घटना स्थलबाट स्काईभेटरले तानि सुचारू गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पुन्य अधिकारीका अनुसार आठ जनालाई बढी चोट लागेको र उपचार भईरहेको छ ।


१, सुनसरीको कोशी गाउँपालिका ७ हरीपुरमा अनियन्त्रित भएर पल्टेको बस ।

                  तस्विर ः