जसपा सुनसरी अध्यक्षमा यादव
जनता समाजवादी पार्टी, नेपाल सुनसरी जिल्ला समितिको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले जिल्लामा तीन दशकदेखि राजनीतिकमा सकृय, याेग्य,ईमानदार, सत्यवादी नेता, कर्मठ तथा जुधारु सबैलाई मिलाएर लान सक्ने देवकृष्ण यादवलाई अध्यक्षमा चयन गरेको छ ।

जसपा सुनसरी अध्यक्ष पदमा यादव निरविराेध निर्वाचित हुनुभएको हो । यादवलाई अध्यक्ष भएकोमा सराेकारवालाहरु हार्दिक बधाई एवं सफल कार्यकालको सफलताको शुभकामना सहित सम्पूर्ण नबनिर्वाचित २७ सदस्यीय जिल्ला कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ।


