इनरुवाको स्वर्गद्वारीघाटमा इनरुवा जेसीजद्वारा वृक्षारोपण
जजन्युज । इनरुवा
सुनसरीकाे इनरुवामा हरियाली बढाउन भन्दै इनरुवा ४ को सुनसरी खाेला स्थित स्वर्गद्वारीघाटमा वृक्षारोपण गरेको छ । सामाजिक क्षेत्रमा कृयाशिल इनरुवा जेसीजले सनिवार वृक्षारोपण कार्यक्रम गरेको हो ।

इनरूवा नगरपालिका वडा नम्बर ४ स्थित स्वर्गद्वारी घाटमा विभिन्न प्रजातिका बिरुवा राेपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको इनरुवा जेसिजले जनाएको छ ।

इनरूवा जेसीजद्वारा आयोजना गरिएकाे वृक्षारोपण कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, इनरूवा जेसीजका अध्यक्ष सत्य नारायण यादव, स्थानीय जनप्रतिनिधि, इनरुवा जेसीजका सदस्यहरूको उपस्थिति रहेको थियो ।

