राप्रपा नेपालको जनसभा सम्पन्न , एमाले नेताहरू राप्रपामा प्रवेश

राप्रपा नेपालको विधान बमोजिम पार्टीको निति सिद्धान्त प्रति प्रतिबद्ध भई नेपाली काग्रेस, नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल पार्टीमा प्रवेश गरेको छ ।
एमालेमा रमेश श्रेष्ठ सहित दर्जनभन्दा बढी निसर्त एवं स्वेच्छाले पार्टी प्रवेश गरेकाे जिल्ला अध्यक्ष रामविलाश मेहताले जानकारी दिनुभयो ।

एमाले प्रदेश कमिटीका नेता तथा एमाले केन्द्रीय राजनीति पहुँच भएको माधव प्रसाद पोखरेल, डम्बरबहादुर धिमिरे, पुर्व शिक्षक अमिरीलाल यादव, राम नारायण यादव,भोजरात पोखरेल, विजय सिंह, नारायण मेहता,दिननाथ पाल,अशोक मेहता र मन शाहा लगायतका महानुभावहरु पार्टी प्रवेश गर्नुभएको मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी सैप्तुत खातुन,सुलत खातुन, जोहरा खातुन,साहाबाज खातुन, नबुदन खातुन, जलेसा खातुन, मलिरुत खातुन,सहिदा सातुन,हजरा खातुन,जतमा खातुन,सगीरा खातुन, सन्त साहिल, मो. सहुबुद लगायतका महानुभावहरु प्रवेश गरेको जनाएको छ ।


नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले फुलमाला, अविर लगाएर स्वागत गर्नुभयो ।


पार्टीका जिल्ला अध्यक्ष राम विलास मेहताकाे अध्यक्षतामा भएको सभामा विशिष्ठ अतिथिहरु पार्टीका उपाध्यक्ष बल्लम प्रधान, तारानाथ लुइटेल,महामन्त्री राजाराम वर्तीला, तेज कुमार कुरुना,पुर्वाञ्चल समन्वय अध्यक्ष माधव प्राचार्य, सह – महामन्त्री श्रीप्रेम प्रसाद भट्टराई,सहायक महामन्त्री – हरीकृष्णाश्रेष्ठ, भी-खडगा.जि.सी. दुयौहान निरौला, गौरी प्रसाद , दत नारायण के.सी., खेम राज ओझा, दिपेन्द्र कार्कि, पासाङ शेर्पा, उर्मिला अधिकारी, डमरु सरदार सहितको उपस्थिति रहेको थियो ।


यसैबीच पार्टीका सल्लाहकार गाेपाल काेईरालालाई सम्मान गरेको जानकारी दिएको छ ।
