सुनसरी सदरमुकाम इनरुवामा  जनता समाजवादी पार्टी नेपाल, सुनसरीको नयाँ जिल्ला  कार्य समितिको पदाधिकारीले पदभार तथा सपत ग्रहण गर्नुभएकाे छ । बैसाख २९ र ३० गते भएको प्रथम जिल्ला अधिवेशनबाट निरविराेध छनौट भएका पदाधिकारीले सनिवार पदभार तथा सपत ग्रहण गर्नुभएकाे हो  ।  निर्वाचन समितिका सं‌योजक टकं मोक्तानको अध्यक्षतामा उपेन्द्र यादव र प्रकाश कायस्थले निर्वाचनको क्रममा सर्वसहमीमा घाेषणा गरेको समितिलाई पदभार तथा सपत ग्रहण गराएकाे जनाएको छ । सनिवार एक कार्यक्रमका बिच जसपा सुनसरी अध्यक्ष देवकृष्ण यादव, उपाध्यक्ष धर्मवीर कुमार आर्य,
महेन्द प्रसाद खत्वे, सचिवमा सिंहश्वर मेहता  उप सचिव अभिनन्द भिनन्द कुमार यादव ,कोषाध्यक्ष बद्री यादवले पदभार तथा सपत ग्रहण गर्नुभयो ।


त्यसैगरी सदस्यहरुमा चनरदेव मुखिया, रन्जित कुमार यादव ,रामचन्द्र मेहता ,मनोज यादव,गुरुदेव राम,विद्यानन्द राम,राजन्द्र‌ यादव ,रामवृक्ष साह,राम कुमार यादव,महानन्द यादव ,घनिकलाल खत्वे,सुखराम यादव,अशोक कुमार यादव,अभिशेक यादव ,भागवत मेहता,शिवराम यादव ,रविन्द्र यादव,महेश्वर मेहता,देवराम यादव,सगिर अन्सारी,जाकुल अन्सारी,राजेन्द्र प्रसाद कर्ण,वद्री प्रसाद यादव,देवकृष्ण पण्डित,विनोद कुमार स्वर्णकार,सुरेश कुमार मेहता, विना चौधरी, तुलसी मेहताले सपत ग्रहण घनश्याम यादव,सञ्जय सिंह,देवकृष्ण पंडितले समेत पदभार तथा सपत ग्रहण गर्नुभयो ।