जिल्ला अस्पतालमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ जना सम्मानित
जजन्युज । इनरुवा
काम प्रति वफादार र सेवामा ईमानदारी पुर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला अस्पताल सुनसरीमा कार्यरत मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ जना सम्मानित हुनुभएको छ ।

अस्पताल तथा जिल्ला अस्पताल व्यवस्थापन समितिले १८औ गणतन्त्र दिवशको अवसरमा सनिवार एक कार्यक्रमका बिच सम्मान गरेको हो । आयोजकका अनुसार जिल्ला अस्पताल सुनसरी इनरुवामा कार्यरत कर्मचारीहरुको सेवा प्रतिकाे लगाव, इमानदारीता र सेवाग्राहीसंगकाे व्यवहार लगायतका मुल्यांकन गरि सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता, अनमी सीता बास्तोला, ललिता चौधरी ,स्वास्थ्यकर्मी एचऐ उज्ज्वल दाहाल , सितेस यादव, कार्यालय सहयाेगी सुबोध चौधरी,नेपाल प्रहरीका हवलदार सुरेश मंडल र अस्पताल सुरक्षा गार्ड नविन राणा मगर रहनुभएकाे छ । सम्मानितहरुलाई अस्पताल प्रमुख तथा कार्यक्रमका सभापति मे.सु डाक्टर अमिताभ ठाकुर, प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख , जिल्ला समन्वय समिति महासंघ तथा जिल्ला अस्पताल सुनसरीका अध्यक्ष राजन मेहता ,गाउँ पालिका महासंघ काेशी अध्यक्ष ऐयुव अन्सारी प्रादेशिक प्रदेश अस्पताल सुनसरीका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज सिहं,अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मन कार्की ,जिल्ला प्रहरी सुनसरीका प्रहरी नायव उपरीक्षक याेगराज खतिवडा लगायतले दाेस्सला र सम्मान पत्रले सम्मानित गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरतहरु, समाजसेवी तथा आगन्तुक पाहुनाहरुको उपस्थित थियाे ।
