जजन्युज । इनरुवा
सुनसरीकाे इनरुवा नगरपालिकामा मर्यादित महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ ।
“प्राकृतिक महिनावारी हामी सबैको घर वरिपरि” मुल नारा सहित इनरुवा नगरपालिकामा मर्यादित महिनावारी स्वच्छता दिवसमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


इनरुवा नगरपालिकाद्वारा आयोजित मर्यादित महिनावारी स्वच्छता दिवसको अवसरमा  सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको इनरुवा नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा डाक्टर प्रतिभा मंडल, डा सृष्टी भण्डारी , डाक्टर अर्पणा मेहताले समेत महिनावारी स्वच्छताकाे बारेमा बालिका तथा किसाेरीहरुलाई सचेतनामुलक प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा डाक्टर रंजित सिंह मेहताले बालिकाहरुलाई महिननबारीको बारेमा जानकारी गराउनुभएकाे थियो ।  आईतवार नगर प्रमुख केदार भण्डारी र उपमेयर बिनिता मेहता सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नगरका बालिका तथा किसाेरीहरुलाई महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक जानकारी दिएको थियो । जिल्लाको सदरमुकाम इनरुवामा सराेकारवालाहरुले संयुक्त रुपमा किसोरी तथा महिलाहरुलाई सरसफाई र स्वच्छताको बारेमा प्रशिक्षण दिनुभएको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो ।
महिनावारी स्वच्छताका लागि चेतनास्तर उन्नति गर्ने विषय महत्वपूर्ण रहेको सरोकारबालाहरुले बताएका छन् । ‘‘महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’’ जिल्ला अस्पताल इनरुवाका डाक्टर रन्जित सिंह मेहताले भन्नुभयो, ‘‘कानुन सुधारेर मात्रै पर्याप्त सुधार ल्याउन सकिँदैन, यसमा व्यवहारिक कार्यान्वयन पनि आवश्यक छ ।’’


सरकारी तथ्याङ्क अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्छन् । विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको सरोकारबालाको भनाइ छ । विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समेत समस्या भएको आयोजित कार्यक्रममा सहभागीहरुले बताउनुभयो । महिनावारी स्वच्छताका विषयलाई छलफलमा मात्रै सीमित नराखेर कार्यान्वयन गर्नुपर्नेमा विधार्थी शाेभा यादवले  जोड दिनुभयो । हरेक गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक कार्यकर्तालाई समेत परिचालन गरेर महिनावारीबारे चेतनास्तर बढाउनुपर्ने मेहताको भनाई थियो ।