सुनसरीमा वृक्षारोपण गरेर मनायो विश्व वतावरण दिवस

सुनसरीकाे विभिन्न स्थानीय तहमा वृक्षारोपण गरेर  विश्व वतावरण दिवस मनाएको छ । विहिवार जुन ५ तारिखका दिन सुनसरी सदरमुकाम इनरुवामा  ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ मुल नाराका साथ विश्व वतावरण दिवस मनाएको हो । इनरुवा सहित विभिन्न स्थानीय तहमा यो दिवस मनाइएकाे छ । यो दिवस विविध कार्यक्रमका साथ मनाउने क्रममा इनरुवा १ स्थित  पञ्चवटी पार्कमा इनरुवा  नगर प्रमुख केदार भण्डारी सहितको उपस्थितिमा विभिन्न प्रजातीका विरुवाहरु राेपेकाे छ । पार्कलई पार्कलाई थप हरियाली बनाउनका लागि दिवसको अवसरमा एक व्यक्ति घट्टिमा एक विरुवा रोपौं भन्ने सोच र आग्रहका साथ विश्व वातावरण दिवसमा वृक्षरोपण गरेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।


उता दिवसको अवसरमा रामधुनी नगरपालिका ९ डुम्राहामा पनि वृक्षरोपण गरेको छ ।  रामधुनी ९ न. वडा कार्यालयबाट वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरी विभिन्न टोलवस्तीहरुमा विभिन्न १० भन्दा बढी प्रजातिका विरुवाहरू रोप्ने कार्य गरेको वडा अध्यक्ष घनश्याम चाैधरीले जानकारी दिनुभयो । वडाको योजना र स्थानीयवासीको सहभागीतामा वृक्षरोपण गरेको चाैधरीले वताउनुभयाे ।  यसैबीच  जुन ५ अर्थात् विश्व वतावरण दिवस काेशी, भाेेक्राहा नर्सिङ , हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिकामा पनि विभिन्न सचेतना मुलक र वृक्षरोपण गरेर मनाएको छ । संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।

आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ । रासस