सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान सेवनको न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण

सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिकामा सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान सेवनको न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण गरेको छ । एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको हो । स्वास्थ्य निर्देशनालय धनकुटाकाे आयोजनामा सुनसरीको भोक्राह नर्सिङ गाउँपालिकामा”सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान सेवकको न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम “सम्पन्न भएको छ । उक्त कार्यक्रम भोक्राहा नरर्सिङ गाउँपालिकाको सभाहलमा संचालन कार्यक्रममा पालिकाका विभिन्न वडाको वडा अध्यक्ष तथा कार्यपालिकाहरु उपस्थित जनाएको थिए। स्वास्थ शाखा प्रमुख हिरा साह,स्वास्थ निर्देशनालय कार्यक्रम संयोजक अनिल प्रधान कार्यक्रम संचालन गर्नुभएकाे छ। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष अजमल अजादले गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिता कुमारी उरावले कार्यक्रमकाे प्रसंसा गर्नुभयो ।कार्यक्रमका सहजकर्ता जिल्ला अस्पताल सुनसरी इनरुवामा कार्यरत डा.रंजित सिंह मेहताले सहजिकरण गर्नुभयो ।
