जयकृष्ण यादव ।इनरुवा
इटहरी (सुनसरी ), जेठ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मध्यान नेपाल टेलिभिजन इटहरी च्यानल कार्यालयको निरीक्षण गर्नुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी इटहरी च्यानलमा निरिक्षण पछि  सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङसँग अन्तक्रिया कार्यक्रममा सहभागी हुनुभयो ।  सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल र एनटिभी च्यानलकाे अनुगमन तथा निरिक्षण पछि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्नुहुदै मन्त्री गुरुङले जनताको पक्षमा समाचार र सुचना दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकको जनहितमा सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल र एनटिभी च्यानलले काम गर्नुपर्ने बताउनुभयो । आफुले मन्त्री भएपछि  यथार्थ अवस्था थाहा पाउनका सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल  धरान र एनटिभी च्यानलकाे प्रत्यक्ष रुपमा अवलोकन तथा निरिक्षण गरेको  बताउनुभयो ।


मन्त्री गुरुङले टेलिभिजनमा जनताको प्रत्यक्ष सराेकारका सवाल, बसाेबास,संस्कृति , संस्कार, जनजिविका, सफलताको कथाहरु, स्थानीयकाे सवालहरुलाई प्राथमिकताका साथ प्रशारण गर्नुपर्नेमा जाेड दिनुभयो । 
उहाँले सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल र एनटिभी च्यानलले अगामि आर्थिक वर्ष देखि आफै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।


रेडियो नेपाल र नेपाल टेलिभिजनकाे सेवालाई सबै नेपालीको समाचार माध्यम भएको स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।
आफुहरुकाे प्रयासमा विश्वका ११० वटा देशमा एचडी प्रसारण सामग्री हेर्न सक्ने  बताउनुभयो ।
डिजिटलमा सबैभन्दा बढी हेर्ने टेलिभिजन बनाउन जरुरी रहेको सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्ठले च्यानल तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले २०७६ सालमा गरेको भ्रमणमा वन्नेनबने अवस्थामा रहेकोमा अहिले प्रसारणकाे छ वर्षको अवधिमा निकै फड्को मारेको बताउनुभयो । उहाँले जनता प्रति जवाफदेही भएर सार्वजनिक सेवा प्रसारणले काम गरिरहेकाे बताउनुभयाे । मधेस प्रदेशमा व्युराे राख्ने , स्थानीय तहमा समन्वय र सहकार्य सहित सरकारी निकाय र मिडियामा रहेकोहरु उतरदायि भएर काम गर्न आग्रह गर्नुभयो ।


संस्थाकाे आफ्नै गरिमा रहेकोले सबैलाई त्यसलाई ध्यानमा राखेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
पर्यटन, कृषि , उधाेग, स्वास्थ्य, सहितको सम्भावनालाई ध्यानमा राखेर काम गर्न टेलिभिजन परिवारलाई आग्रह गर्नुभयो ।


मन्त्री गुरुङले प्रसारण कक्ष , उत्पादन तथा प्रशारण कक्ष सहितको निरिक्षण गर्नुभयो ।
मन्त्री गुरुङसहित सचिव राधिका अर्याल , सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी इटहरी च्यानलका अधिकारीहरु रहनुभएकाे थियो । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टकाे अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोष हरी निरौला,
सार्वजनिक सेवा प्रसारण नेपालका का .मु. प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, सार्वजनिक सेवा प्रसारण एनटिभी इटहरी च्यानलका बसन्त रुपाखेती, इन्जिनियर सालिकराम पराजुली, मन्त्रीका सूचना प्रविधि विज्ञ विक्राम न्योपाने सहितको उपस्थिति रहेको थियो ।  मन्त्रीसहितको टोलीले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) को कार्यक्रममा सहभागी हुनुहुने मन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका वडा १९, बैजनाथपुरमा रहेको गोरखापत्र प्रकाशनको कार्यालयमा अनुगमन निरीक्षणपछि छोटो औपचारिक कार्यक्रम हुने गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । कार्यालयको अनुगमन निरीक्षण तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिनुभयो । मन्त्री गुरुङसहितको टोली सम्भवतः २४ गते साँझ काठमाडौं फिर्ता हुनुहुनेछ ।