बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया

मिति २०८२ साल जेठ २३ गते शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका, सुनसरीमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा तथा गाउँपालिकाको सहकार्यमा बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कृषक, बीमा कम्पनीका प्रतिनिधिहरू, तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष श्री अजमल अख्तर मिया रहनु भएको थियो। भने
विशेष अतिथी गाउपालिकाका उपध्यक्ष श्री सुनिता कुमारी उरावज्यु हुनुहुन्थ्यो।
कार्यक्रमको सभाध्यक्ष नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख श्री बिनोद कुमार पोखरेल रहनु भएको थियो ।
कार्यक्रमको प्रस्तुतिकरण नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले गर्नु भएको थियो भने कार्यक्रम संचालन सहायक प्रथम मिलन पोख्रेलले गर्नु भएको थियो ।

