नेपाल राष्ट्रिय बांग्ला समाजकाे विभिन्न स्थानीय तहमा संगठन विस्तार गर्ने क्रम जारी रहेको छ । समाजका  केन्द्रीय अध्यक्ष पार्थो सरकार, केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती र आजिवन सदस्य शंकर चन्द्र  चेलको उपस्थितिमा  सुनसरीकाे कोशी गाउँपालिका वडा नं.६ लाही बंगाली टोलमा संगठन विस्तार गरेको छ ।

केन्द्रीय समाजका पदाधिकारीले काेशी ६ लाहीका स्थानीय बंगाली समुदायहरूसंग अन्तरक्रिया गरि नेपाल राष्ट्रिय बांग्ला समाज वडा स्तरिय परिचालन समिति गठन गरेकाे हो । समाजका अगुवा  ठाकुमाँ मेनुका देवी चेल १०८ वर्षसंग आशिर्वाद ग्रहण गर्ने कार्य गर्दै संगठन विस्तार गरेको छ ।नेपाल राष्ट्रिय बांग्ला समाज
कोशी गा.पा.वडा नं.६ वडा स्तरिय परिचालन समिति रोबिन चन्द्र चेलकाे संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । सदस्यहरुमा  सामोल चन्द्र चेल, हराधन चन्द्र चेल , गोपाल चन्द्र चेल, सुभाष चन्द्र चेल, राजु कुमार चेल,शुकुमार चन्द्र चेल, नारायण चन्द्र चेल र अमोद चेल रहनुभएकाे छ ।