सुनसरीको बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम गर्ने क्रममा महेन्द्रनगर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण कार्यक्रम समपन्न भएको छ।


संघीयता पछि पहिलो पटक एतिहासिक रुपमा चक्रघट्टी महेन्द्रनगर स्वास्थ्य चौकीमा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी स्थित वडा कार्यालय सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले सो कार्यक्रमको आयोजना गरीएको हो ।बराहक्षेत्रको स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई समुदायले कसरी महसुस गरेको ,उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउन भनेर सामाजिक परीक्षण गरेको बराहक्षेत्र ६ स्वास्थ्य चौकीका प्रमुख पृथ्वी चन्द्र भगतले जानकारी दिनुभयो ।


स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं बराहक्षेत्र ६ वडा अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्मपन्न भएकोथियो ।