सुनसरीको बराहक्षेत्र नगरपालिकाको ५ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। परीक्षण गर्ने क्रममा प्रकाशपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण कार्यक्रम समपन्न भएको छ।
प्रकाशपुर स्वास्थ्य चौकी बराहक्षेत्र १० मा ऐतिहासिक रुपमा सामाजिक परीक्षण कार्यक्रम सम्मन्न भएको हो ।

बराहक्षेत्र १०  प्रकाशपुरमा भएको  सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य संस्थाको अवस्था, प्रवाह गरेको स्वास्थ्य सेवा, नागरिकहरूले पाएको सेवा सन्तुष्टी, प्रगति विवरण सार्वजनिक गरेको इन्चार्ज ललित कुमार रौनियारले जानकारी दिनुभएको हो  ।

उहाँ  भन्नुहुन्छ, स्वास्थ्य चौकीका लागि भवन निर्माण गर्नु पर्ने, बेला सुगर, प्रेसर,  परिवार नियोजन सहितको आैषाधी अभाव हुने गरेकोले सहज आपुर्ति हुन जरुरी छ ।प्रकाशपुर स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं बराहक्षेत्र १० वडा अध्यक्ष  तेज बहादुर गुरुगंको अध्यक्षतामा प्रकाशपुर स्वास्थ्य चौकीको परीक्षण कार्यक्रम सम्मपन्न भएकोछ। 

संघीयता पछि पहिलो पटक एतिहासिक रुपमा  परीक्षण कार्यक्रम सम्पन्न भएको छ।