जिल्ला प्रहरी कार्यालय सुनसरीले थुनुवाहरुको लागि स्वास्थ्य जाच शिविर सम्पन्न गरेको छ। जिल्ला प्रहरीको हिरासतमा थुनुवाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर थुनुवाहरुको स्वास्थ्य जाच शिविर गरेको हो।

नियमित रूपमा स्वास्थ्य जाच गराउने र औषधी सेवन गर्ने, पेट तथा पिसाबमा समस्या रहेको थुनुवाहरुको शिविरमा स्वास्थ्य जाच गरेको छ। शिविरमा डा किशोर कुमार पौडेलले निशुल्क रुपमा थुनुवाहरुको भिडियो ऐक्सरे गर्नु भएको जिल्ला प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनु भयो। स्वास्थ्य जाच शिविरमा दुइ महिला सहित ५० जनालाई सेवा दिएको थियो। जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनु भयो।


भिडियो ऐक्सरे किन र थुनुवाहरुको स्वास्थ्य जाच शिविरको बारेमा एसपी तिम्सिनाले यसो भन्नु भएको छ। यो स्वास्थ्य र मानब अधिकार पनि हो।