बबियामा श्रीमती ओछ्यानमा र श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला
सुनसरी।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ। बबियामा अन्तर जातिय बिवाह गरेको जोडि एकसाथ आफ्नो घरमा मृत फेला परेको हो। इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी सुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला पर्नुभएको छ भने श्रीमान् सुकदेव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शबको मुचुल्का तथा पोष्टमार्टम गर्न लाने तयारी गरेको छ। स्थानीयले दिएको जानकारी अनुसार सबेदा खातुनको पतीले दुइ छोराछोरीहरू सहित छाडेर हिंडेकाले सात वर्ष अघि सुकदेव शर्मा खत्वेसंग भागि प्रेम विवाह गर्नु भएको थियो। खत्वेसंग विवाह गर्नु भएकी खातुन लामो समयसम्म काठमाडौं बस्दै आउनु भएको थियो। श्रीमतीको साथ सुकदेव शर्मा खत्वे तीन महिना अघि मात्रै बबियाको घर आउनु भएको थियो। श्रीमतीको कुरामा बेला बखतमा बिवाद, झैं झगडा गर्ने र गालिगलौज चल्दै आएकोमा आईतवार विहान एउटा ओछ्यानमा अर्को झुण्डिरहेको अवस्थामा मृत फेला पर्नुभएको स्थानीय जोगेन्द्र शर्माले जानकारी दिनु भयो।
केही स्थानीयले भने श्रीमानले महिलालाई हत्या गरेर पुरूषले झुण्डिएर आत्माहत्याको गरेको हुन सक्ने प्रतिकृया दिएका छन्। सबेदा खातुनको माईति घर खुलेको छैन भने ससुराली घर इनरुवा नगरपालिकाको नगरपालिकाका ९ बबियामा पती सुकदेव शर्माको घरमा आईतवार विहान मृत फेला पर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले घटना स्थलमा प्रहरी पुगेको र अनुसंधान सुरु गरेको प्रतिकृया दिनु भयो।
