जयकृष्ण यादव। इनरुवा
इनरुवा, असार ३० गते।
सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका वडा नं ६ घुस्कीमा गोलि प्रहार गरी  एक किसोरीको हत्या भएको छ। सोमबार विहान जिल्लाको हरिनगर गाउपालिका वडा नं ६  महरम चौकको  १८ र्वषीया अरसी खातुनलाई गोली हानि हत्या भएको हो। खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरि हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनु भयो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक  योगराज खतिवडाका अनुसार गफार को छोरी अरसिको घट्ना स्थलमै मृत्यु भएको र गोलि प्रहार गर्ने निजको भिनाजु अजाद मियाँ जट तत्काल फरार रहेको छ ।  घटनाकोखबर प्राप्त हुनासाथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायव निरिक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको थियो भने जिल्लामा जानकारी प्राप्त भए लगत्तै डिएसपी खतिवडाको जिल्ला टोली घटना स्थलमा पुगेको थियो। SOCO अधिकृत सहितको प्रहरी टोलीले गोली हान्ने व्यक्तिको खोजतलास भइरहेको जनाएको छ। घटना स्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला पारी परेको र ७ बजेबाट लाश जाँच मुचुल्काको काम सुरु गरी कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा तर्फ  पठाइएको छ। मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ।