देवराज यादव। इनरुवा
इनरुवा, असार ३१ गते। नेपाल भारत सिमानाको  सुनसरी दशगजामा सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती सुरुवात गरिएको छ। सीमानाकामा हुने अबैध ओसारपसार तथा मानव बेचबिखन, अबैध चोरीपैठारी र खुला सीमानाको कारण हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा सहित संयुक्त गस्ती सुरुवात गरिएको हो। सशस्त्र प्रहरी हेडक्वार्टर ४ नम्बर गणका अनुसार सुनसरीको कोशी गाऊँपालिका ८ भाण्टाबारी तीनकुने स्थित भात तको भिमनगर र  नेपालको हरिपुर नाकामा गस्ती सुरुवात गरिएको छ। सिमानाकामा मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमानामा हुने अपराध नियन्त्रण गर्ने उदेश्यले संयुक्त गस्ती थालेको हो। दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेकाे स्थानीय देवराज यादवले जानकारी दिनुभयो।


नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणका सहयोग पुगेको सीमा क्षेत्रका सुरक्षाकर्मीको भनाई छ। मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ। जिल्लाको नेपाल र भारतका खुला सीमानामा संयुुक्त गस्तीले निरन्तरता पाएको  सशस्त्र प्रहरी बोडर आउटपोष्ट भण्टाबारीका सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापाले बताउनुभयो। दशगजा क्षेत्रमा संयुक्त गस्ती नियमितरुपमा भइरहेको र सीमामा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी भएको बताउनु भयो। उहांका अनुसार एसएसबीका विभिन्न युनिटसँग मिलेर प्रहरीले संयुक्त गस्ती गरिरहेकाे छ  । सीमा सुरक्षाका लागि खटिएका एसएसबीसँग दशगजामा संयुक्त गस्ती भइरहेको डीएसपी थापाले बताउनु भयो। उहाँले भन्नु भयो, ‘यसले दशगजाको सुरक्षासँगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ।’ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रणमा  हामीलाई भारतीय पक्षले मद्दत गरिरहेको उहाले जानकारी दिनुभयो। उहाका अनुसार एसएसबीको बटालियनसँग मिलेर सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेकोले नागरिकहरू समेत खुशी भएको छ।