इनरुवा, भदौं ५ गते । सुनसरीको कोशी गाउँपालिका अन्तर्गत वडा नंम्बर १ लौकही बजारमा फोहोर व्यवस्थापन गर्नुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् । पूर्वपश्चिम लोकमार्गसंगै रहेको लौकही बजार र साप्ताहिक दुई वटा हाटका कारणले बढेको फोहोर तथा प्रदुषण नियन्त्रण गर्नका लागि सरोकारबालाहरुले जोड दिएका हुन् । सामाजिक परिवर्तन केन्द्र (सिएससी)ले लौकहीमा आयोजना गरिएको लौकहि बजारको फोहर व्यवस्थापन सम्वन्धी संवादमा सहभागी सरोकारबालाहरुले फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो । संवादपछि स्थानीय जनप्रतिनिधि, लौकही उद्योग वाणिज्य संघका प्रतिनिधि, रााजनितिक दलका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, यूवा सञ्जालका प्रतिनिधि, गाउँपालिकाको स्वास्थ्य शाखाका प्रतिनिध र स्थानीय नागरिक समाजका प्रतिनिधिहरुले फोहोर व्यवस्थापन गर्न सामूहिक प्रद्धिवता जनाएका छन् । सरोकारबालाको बीच भएको संवादमा स्थानीयहरुहरुले आआफ्नो घरबाट निस्कने कुहिने र नकुहिने फोहोर तथा व्यापारीको पसल व्यवसायबाट बाहिरिने फोहोरलाई सडने, नसड्ने छुट्याएर बजारमा राखिएको फोहर संकलन स्थलमा मात्रै फ्याँक्ने, लौकही बजारमा जम्मा गरिसकेको फोहर समयमा उठाएर तोकिएको स्थानमा पुर्याउन गाउँपालिकासंग आग्रह गर्ने र फोहर व्यवस्थापनका लागि सबैले सहयोग पुर्याउने सामूहिक प्रद्धिवता जनाएको उधोग बाणिज्य संघका अध्यक्ष रामनारायण पोदारले जानकारी दिनुभयो । त्यसैगरी सहभागी सरोकारबालाहरुले लौकहीका विद्यालय वरिपरी सफा स्वच्छ राख्न, पशुवधाशा, पशुपञ्छी बधपछि निस्कने फोहोरलाई रोक्न पहल गर्ने , फोहोरका कारणले शैक्षिक संस्था र विधार्थीमा असर परेकोले फोहर हुन नदिन पालिका समक्ष अनुरोध गर्ने र बजारको वातावरण स्वच्छ, सुन्दर बनाउन समयसमयमा सर्वपक्षिय छलफल र प्रभाव अध्ययन गर्ने तथा स्थानीय सरकारले आवश्यानुसार योजना र प्रभाव अध्ययन आयोजना गर्न पहल प्रयत्न गर्ने सामूहिक प्रद्धिवता जनाएका छन् । कार्यक्रममा संविधान सभा सदस्य सविता यादवले सामाजिक परीवर्तन केन्द्रले दुई वटा स्थानीय तहमा विभिन्न कार्यक्रम गर्ने क्रममा लौकही क्षेत्रको ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थानको सवालमा सामूहिक संवाद र छलफलबाट प्रद्धिवता जनाएकाले सार्थक सन्देश दिएको बताउनुभयो । स्थानीय रामचन्द्र यादवले लौकही बजार तथा हाटमा आएका स्थानीयहरुको समस्यालाई समाधानका लागि संवाद सार्थक भएको जानकारी दिनुभएको छ । कोशी गाउँपलिकामा नियमित आउनेजाने गरेको व्यपारी, नागरिक र सेवाग्राही तथा स्थानीयबासीका लागि सरसफाई, फोहोर व्यवस्थानि र पर्यावरणीय हिसाँ न्युनिकरण जरुरी रहेको युवा सुरुज पोदारले बताउनुभयो । कार्यक्रममा कोशी गाउँपालिका १ का नेपाली काग्रेंस सभापती कारी यादवले लौकहीमा विभिन्न गाउँटोलबाट आउनेहरुका लागि दुरगन्ध, फोहोर र बजार व्यवस्थापन चासोको विषय भएकाले लौकही उधोग बाणिज्य संघका अध्यक्ष रामनारायण पोदार सहित सरोबारलाहरुको पहलमा केही काम भएको बताउनुभयो । फोहोरको असरबाट प्रभावित व्यपारी, युवा तथा स्थानीयवासीलाई एकैठाउमा राखेर संवाद गराएकोले स्थानीय सरकारको पनि ध्यानाकर्षण भएको कोशीका कार्यवाहक अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो । सम्पन्न भएको संवादमा सुनसरी बहुमुखि क्याम्पसका प्रमुख रमेश कुमार मण्डल, प्रधानाध्यापक देविलाल यादव, युवा सञ्जालका रविन्द्र कुमार यादव, लौकही उधोग बाणिज्य संघका अध्यक्ष रामनारायाण पोदार, कोशी १ का वडाअध्यक्ष निर्मला मण्डल, संविधान सभा सदस्य सविता यादव, महिला सञ्जालका रानिकुमारी यादव, मन्जु मण्डल, सहकारीकर्मी मोति मेहता, ललिता मेहता, अधिकरकर्मी कविता मण्डल, पुजाकुमारी साह, कोशिला साह, ललिता साह, सविता सदा, सतनी सदा, रिता सदा, कृष्णकुमार मण्डल, कोशी गाउँपालिका स्वास्थ्य प्रमुख जनस्वास्थ्य निरिक्षक रामअवतार यादव सहितका सरोकारबाला तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।


१, कोशी गाउँपालिकामा लौकही बजारको फोहोर व्यवस्थापनका विषयमा आयोजना गरिएको संवादमा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा