भोक्राहा नर्सिङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख हिरा साहमाथी छानबिनको माग
सुनसरीकाे भोक्राहा नर्सिङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख हिरा साहमाथी छानबिनको माग गर्दै स्थानीय युवा आन्दोलन गर्ने तयारी गरेको छ। गाउँ पालिकाको एकपछि अर्को फण्डा बाहिर आएको बेला एक संचारकर्मीसंगको प्रतिकृयामा स्वास्थ्य शाखा प्रमुख साहले बरिष्ठ र कनिष्ठ कर्मचारीहरूलाई होच्याउने र कानुन विपरीत तथा पदिय मर्यादाको प्रतिकुल हुने अभिव्यक्ति दिएकोले उनीमाथी छानबिनको माग उठेको हो। स्थानीय युवाहरुले वर्षौसम्म स्वास्थ्य संस्थामा निशुल्क पाउने औषधी नपठाएको, डेंगू नियन्त्रण तथा अभियान र खोपको नाममा भ्रष्टचार गरेको समाचार बाहिर आएकोले छानबिन गर्न माग सहित आन्दोलन गर्ने तयारीमा जुटेको बताइएको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले धेरै कमिसन र कागज मिलाएर खान पाउने लोभको साथ स्वास्थ्य शाखा प्रमुख हिरा साहलाइ जिन्सीको समेत जिम्मेवारी दिएको खुलेकोछ। आजादमा कार्यालयमा कर्मचारीहरूलाई परिचालन गर्ने ग्यानको अभाव,कमजोर गाउँपालिका अध्यक्षले गर्दा स्वास्थ्य कर्मीबिच बिवाद भएको छ।
व्यवस्थापकिय र नितिगत व्यवस्था बारेमा कमजोर जानकारी भएकोले सुनसरीकाे भोक्राहा नर्सिङ गाउँपालिकामा एकपछि अर्को फण्डा बाहिर आएको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले धेरै कमिसन र कागज मिलाएर खान पाउने लोभको साथ स्वास्थ्य शाखा प्रमुख हिरा साहलाइ जिन्सीको समेत जिम्मेवारी दिएको खुलेकोछ। आजादमा कार्यालयमा कर्मचारीहरूलाई परिचालन गर्ने ग्यानको अभाव, व्यवस्थापकिय र नितिगत व्यवस्था तथा कानुनको बारेमा कमजोर जानकारी रहेकोले पालिकामा स्वास्थ्यकर्मीबिच पनि बिवाद बढेको छ। अध्यक्षलाई कमिसन बुझाउन स्वास्थ्य शाखा प्रमुख हिरा साहको नाममा डेंगू नियन्त्रण गर्न भन्दै ४००००० पेश्की लिएर काम नगरी कागज मिलाएर अनियमितता गरेको आरोप बाहिर आएको छ।
यसैबिच स्वास्थ्य शाखा प्रमुखले थोरै औषधी पठाएर धेरै बुझेको भर्पाइको लागि दवाब दिनु देखि नमानेको आधारमा सरुवा गर्नु, डेंगू नियन्त्रण गर्न भन्दै ४००००० पेश्की लिएर काम नगरी कागज मिलाएर अनियमितता गर्नु र दोहोरो जिम्मेवारी दिएको आडमा भ्रष्टचारमा लिप्त भएको स्थानिय युवाहरूले दाबी गरेका छन्।
यहि कारणबाट स्वास्थ्य शाखा र स्वास्थ्य कर्मचारीहरू बिच बोलचाल बन्द देखि सरुवा आरोप प्रत्यारोपण गर्ने सम्ममा उत्रनुभएको छ।
