२०८२ भदौ ४ गते
सुनसरी।  ३६ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेको छ। बोक्सीको आरोप लगाई कुटपिट गरी अशक्त बनाएको भन्दै सुनसरीकाे गढी गाउपालिका वार्ड नं. ६ कि २५ वर्षीया पिकी देवी यादव , ३० वर्षीय जय कुमार वराजी, ६० वर्षीय उपेन्द्र विराजी, ५५ वर्षीया लिलिया देवी यादव र  २० वर्षीया पुजा कुमारी यादव विरुद्ध पीडितले ०८२ भदै ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आरोपितले महिलालाई साउन ३१ गते भैसीलाई बोक्सी लगाएर बिरामी गराएको भन्दै कुटपिट गरेको पीडितले बताउनु भयो । घटनाका बारेमा प्रहरीमा उजुरी दिएकोमा प्रहरीले दर्त्ता गर्न नमानेको पिडितको गुनासो छ।
कुटपिटबाट पीडित महिलाको टाउको र हातमा चोट लागेकोले साउन ३१ गते स्थानीय स्वास्थ्य किल्निक मझौमा उपचार गराएको र थप उपचार जिल्ला अस्पताल सुनसरीमा गराएको जनाएको छ। आरोपितको विषयमा बुझ्दा पारीबारिक घटना भएको र बाेक्सीको कुरा नभएको अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्सपेक्टर दिनेश अधिकारीले जानकारी दिनुभयो।
पिडितले दिनु भएको निवेदनको विवरण जस्ताकोजस्तै

श्री जिल्ला प्रहरी कार्यालय सुनसरीमा चढाएको

जाहेरी दरखास्त

१. जाहेरवालाको नाम थर वतनः- नारायण यादबको छोरी राज कुमार विराजी यादवको पत्नी जि. सुनसरी सत्तेरझोरा ९ हाल गढी गा.पा. वार्ड नं. ६ वस्ने वर्ष ३६ की ममताकुमारी यादव–

१ २. कुन कानुन वा मुद्दा बारे दरखास्त गरेकोः बोक्सीको आरोप लगाई कुटपिट गरी अशक्त बनाएको ।

३. कसुर गर्ने व्यक्तीको नाम थर ठेगानाः- जय कुमार विराजीको पत्नी जि. सुनसरी गढी गा.पा. वार्ड नं. ६ वस्ने वर्ष २५ को पिकी देवी यादव—

उपेन्द्र विराजीको छोरा ऐ. ऐ. वस्ने वर्ष ३० को जय कुमार विराजी—

बौवालाल विराजीको छोरा

ऐ. ऐ. वस्ने वर्ष ६० को उपेन्द्र विराजी

उपेन्द्र विराजीको पत्नी ऐ. ऐ. व स्ने वर्ष ५५ की लिलिया देवी यादव—

उपेन्द्र विराजीको छोरी ऐ. ऐ. वस्ने वर्ष २० की पुजा कुमारी यादव

४) कसुर गर्ने व्यक्तीको बाबु आमाको नामः-

५) कसुर गर्ने व्यक्तीको हुलिया र परिचय खुल्ने अन्य विवरणः-

६) कस्र सम्बन्धी विवरण:-

क) कसुर भएको वा भई रहेको वा हुन लागेको स्थान ठाउ मिती र समयः- जि. सुनसरी गढी गा.पा. वार्ड नं. ६ स्थित मेरो घर दरबाजाबाट घिसार्दै सार्वजनिक सडकमा मिति २०८२ साल श्रावण ३१ गते विहानको ७ बजेको समयमा ।

ख) कसुर सँग सम्बन्धीत घटनाको विवरणः अन्यायीहरुले म उपर घरायसी रिसइवी राखी पुर्व योजना बनाई मिति २०८२ साल श्रावण ३१ गते विहान ७ बजेको समयमा हो म जाहेरवाली आफ्‌नो दरबाजा बढारी रहेको अवस्थामा हो अन्यायी मध्येको जय कुमार विराजी र पिन्की विराजी मिली घरको सम्पुर्ण फोहोरहरु बच्चाको ट्वाइलेट अन्य फोहोरहरु प्लाष्टिकमा प्याक गरी म बढारी रहेको मेरो दरबाजामा फ्याकी तिमीले टोनामोना गरी मेरो दुहनी भैसीलाई बोक्सी लगाई मेरो भैसीले दुधको सट्टा रगत नै दुध दिई रहेको छ। साला बोक्सी डायन आज तिमीलाई यही फोहोर घोलेर तिमीलाई खुवाउछु भन्दै उपेन्द्र विराजीले मेरो कपालको चुल्ठो समाती घिसार्दै सडकमा मलाई सो फोहोर डोलमा घोली मेरी मुखमा मैले यसरी अन्याय नगर्नु भनी भन्नासाथ लिलिया यादवले मेरो गलामा रहेको अनी सुनको जितिया खोसी लिएकी हो । मेरो वृद्ध सासुले मलाई बचाउन आउदा यो बुढियालाई पनि ठिक पार्नु पर्छ भन्दै लिलिया देवी यादवले सासु आमाकी दालमा हिर्काइ रगताम्य पारी म जाहेरवालाको छोरा रितेश यादव, छोरी रितीका कुमारी यादवलाई समेत कुटपिट गरी सबै जना अन्यायीहरुले चारै तर्फबाट निर्ममता पूर्वक कुटपिट गरी म जाहेरवालीलाई भुइमा लडाई लछार पछार गरी रहदा संयुत सिताराम विराजी यादव बचाउन आउदा निजलाई समेत कुटपिट गरेको हुदा गाउ समाज भद्र भलादमीहरु भेला जम्मा भै यसरी एउटा सजन महिलालाई बोक्सीको आरोप लगाई यसरी फोहोर खुवाउनु हुन्न कुटपिट गर्न हुन्न भनी डाडफटकार गर्दा पनि अन्यायीहरुले हुल हुज्जत गाली गलौज गरी नै रहदा समाजका एकजनाले अव प्रहरी बोलाउनु पर्छ भनी हल्ला गर्दा अनयायीहरु भाग्न थाले । यसरी यस कानूनी मुलुकमा अन्यायीहरुले पूर्व योजना बमोजिम म उपर बोक्सीको आरोप लगाई अन्धाधुन्द कुटपिट गरी मलाई मलमुत्र खुवाउने प्रयास गरी अनयाय गरेकोले मुलुकमा प्रदत रहेको कानूनी व्यव्स्था बोक्सीको आरोप कसुर सजाय ऐन २०७२ को दफा ११(१) (क) (ख) (घ) र (ङ) बमोजिमको प्रतिकुल कार्य गर्ने अन्यायीहरुलाई पक्राउ गरी कानूनी कारबाही गरी पाउन सादर अनुरोध गर्दछु ।
ग) कसुरको प्रकृती र कसुर सँग सम्बन्धीत अन्य विवरणः गाउले वस्तुस्थिती बुझी पाउ ।
घ) कसुर सँग सम्बन्धीत सबुद प्रमाणः-
ङ) कसुर सँग सम्बन्धीत अन्य विवरणः-
७) यो दरखास्तको व्यहोरा ठिक साँचो छ, झुड्डा व्यहोरा लेखेको ठहरे कानुन बमोजिम सहुला बुझाउला । प्रहरीबाट अनुसन्धान हुदा वा अदालतबाट मुद्दा चल्दाको बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
जाहेरी वा सुचना दिने व्यक्तीको
नामः- ममता कुमारी यादव
सहिः-
ममता
मितीः २०८२/५/