ब्रहमाकुमारी राजयोग सेवा केन्द्र ईनरुवामा रक्तदान कार्यक्रमको तयारी
विकास यादव। इनरुवा
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र ईनरुवा १, ओम् शान्ति टोलमा रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ। केन्द्रिय कार्यालय, ठमेल काठमाडौ, नेपालको शाखाको रुपमा शिव स्मृति भवन ओम् शान्ति टोल इनरुवामा शुक्रबार भदौ ६ गते ग्लोबल मेगा रक्तदान शिविरको तयारी भएको छ।

त्यसमा रगत दान र उपस्थित भइ सहयोग गरि दिन अनुरोध गर्दै नम्रताले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एउटा सामाजिक तथा आध्यात्मिक संस्था हो जसले १३७ देशहरुमा नैतिक तथा आध्यात्मिक चेतनाको माध्यमबाट समाजसेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । यस संस्थालाई संयुक्त राष्ट्रसंघद्वारा ७ पटक “शान्ति दूत पुरस्कार” प्रदान गरिएको छ र युनिसेफ UNICEF तथा इकोसोस ECOSOC सँग सल्लाहकारको मान्यता प्राप्त छ ।

केन्द्रले दिएको जानकारी अनुसार अत्यन्त हर्षको अनुभूति भएको छ कि ब्रह्माकुमारी संस्था अन्तर्गतको सामाजिक सेवा विभागले आगामी २०८२ साल भदौ ६-९ गतेसम्म “विश्व बन्धुत्वको” भावना जागृत गर्ने हेतुले एक अन्तर्राष्ट्रिय स्तरको ग्लोबल मेगा रक्तदान अभियान आयोजना गर्दैछ। यो अभियान रेडक्रस सोसाइटी, विभिन्न क्लब, विश्व विद्यालय, कलेज तथा अन्य प्रतिष्ठित सामाजिक संस्थाहरुसँगको सहकार्यमा सम्पन्न हुँदैछ । जसरी तपाई जानकार हुनुहुन्छ, स्वेच्छिक रक्तदान एउटा अत्यन्त महत्वपूर्ण सेवा कार्य हो जसले दैनिक रुपमा अनगिन्ती जीवनहरु बचाइरहेको हुन्छ । यस्ता रक्तदान शिविरहरुले अस्पतालहरुमा रक्तको सहज आपूर्ति सुनिश्चित गर्नुका साथै विशेषगरी युवावर्गमा रक्तदानप्रति जागरुकता फैलाउने काम पनि गर्दछ । प्रेसित पत्रमा भनिएको छ, त्यसैले, यस पुण्य कार्यको सफल सञ्चालन र व्यवस्थापनका लागि तपाईको विद्यालय/कलेजबाट अधिक भन्दा अधिक रक्तदाताहरुलाई समावेश गराई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । हामी तपाईको सहयोगप्रति सधैं आभारी रहनेछौ ।

कार्यक्रम २०८२ साल भदौ ६ गते शुक्रबार विहान ८ बजेदेखि २ बजेसम्म हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ईनरुवा १, ओम् शान्ति टोलले जनाएको छ। दुहवी ट्याम्पु स्टेण्डबाट उत्तर- पुर्व गल्ली अन्य जानकारीको लागि सम्पर्क सञ्चालिका ब्रह्माकुमारी नम्रता रहेको छ।
