सुनसरी सदरमुकाम इनरुवामा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र ईनरुवा १, ओम् शान्ति टोलमा विशाल रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इनरुवाको आयोजनामा ग्लोबल मेगा रक्तदान शिविर सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम ३७ जना बढीले रगत दान गरेको जनाएको आयोजकले जनाएको छ। सञ्चालिका नम्रताले दिनुभएको जानकारी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एउटा सामाजिक तथा आध्यात्मिक संस्था भएकोले “विश्व बन्धुत्वको” भावना जागृत गर्ने हेतुले ग्लोबल मेगा रक्तदान अभियान आयोजना गरेको छ।

इनरुवामा यो अभियान रेडक्रस सोसाइटी सुनसरी, विभिन्न क्लब, कलेज तथा अन्य प्रतिष्ठित सामाजिक संस्थाहरुसँगको सहकार्यमा सम्पन्न गरेको छ ।