विपन्न परिवारका लागि निःशुल्क आवास निर्माण, पुर्व मन्त्री चौधरी गरे स्थलगत निरिक्षण
जजन्युज। इनरुवा
सुनसरीको विभिन्न स्थानमा विपन्न परिवारका लागि निःशुल्क आवास निर्माण गरेको क्षेत्रमा पुर्व मन्त्री भगवती चौधरीले स्थलगत निरिक्षण गर्नु भएको छ। विपन्न परिवारको जीवनस्तर उकास्ने उद्देश्यले चुजी फाउन्डेसनको सहयोगमा सुनसरी निर्वाचन क्षेत्र नंबर ३ अन्तर्गत गढी गाउँपालिका, बर्जु गाउँपालिका र इनरुवा नगरपालिका ७ (चांदबेला) का बिभिन्न टोलमा निःशुल्क आवास निर्माण गरेको क्षेत्रमा चौधरीले स्थलगत निरिक्षण गर्नु भएको छ।

विपन्न समुदायको लागि ग्रामीण महिला उत्सुकता विकास मंच फरवार्डले निःशुल्क आवास निर्माण गरिरहेको जनाएको छ।

यस परियोजनाअन्तर्गत घरविहीन तथा अति विपन्न परिवारहरूलाई सुरक्षित र स्थायी बासस्थान उपलब्ध गराइने जनाएको छ।

सोहि कार्यक्रम अन्तर्गत गढी २ औराबनीमा निर्माण भैरहेको निःशुल्क आवास निर्माण स्थलगत निरिक्षण गर्दै चौधरीले संविधानको मर्म र मौलिक हकको रुपमा रहेको आवास अघिकार सुनिश्चित गर्न पनि योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो।
