वडा अध्यक्ष सुमन थापा माथि पक्राउ पुर्जी
सुनसरीको इनरूवा नगरपालिका ६ का सुमन थापा माथि सवारी दुर्घटना (अंगभंग) को घटनामा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी का एसपी सुमन कुमार तिम्सिनाका अनुसार केही दिन अघिको सवारी दुर्घटना (अंगभंग)को घटनामा अनुसंधान गर्न थापा माथि पक्राउ पुर्जी जारी भएको हो।

स्थानीयले दिएको जानकारी अनुसार जिल्लाको इनरुवा ६ वडा अध्यक्ष समेत रहेको सुमन थापा विरूद्ध पक्राउ पुर्जी जारी भएकाे खबर छ। थापाको मोवाइलमा सत्य संसार को फोन लागेन भने नगर प्रमुख केदार भण्डारीले फोन उठाउनु भएन।
