जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना
सुनसरी
२०८२ भदौ १२ गते।
जिल्ला प्रशासन कार्यालय सुनसरीको गेटभित्र जिल्लाका पत्रकारहरूले धर्ना दिएका छन्। बाक्लो संख्याको सुरक्षाकर्मीको घेराबन्दीबीच पत्रकार आन्दोलनमा उत्रिएकाे बेला धर्ना दिएका हुन्।
पत्रकारले प्रेस स्वतन्त्रताविरोधी सरकारको कदम सच्याउनुपर्ने माग राखेर धर्नामा बसेका छन्।
कोशी प्रदेशका पत्रकारहरूले बिहीबार कोशी प्रदेशका १४ वटै जिल्लामा धर्ना दिएका छन्। कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने गरी ल्याएको प्रावधान खारेज गरिनुपर्ने मागसहित पत्रकारहरू आन्दोलित बनेकाे बेला भदौ १२ गते धर्ना बसेका हुन्।

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदीका अनुसार महासंघले जिल्लाभरीको पत्रकार आन्दोलनमा उत्रिएकाे र सिडिओ कार्यालयमा धर्ना कार्यक्रम गरेको हो। पत्रकारहरूले कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै प्रदेश सरकार र प्रदेशसभालाई खबरदारी गरेको जनाएको छ ।
यसअघि पत्रकार महासंघले मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराइएकोछ।